arrow

भारतमा कोरोनाः पहिलो १० लाख पुग्न १६९ दिन पछिल्लो १० लाख पुग्न मात्र २१ दिन 

निको हुने दर २ प्रतिशत बढेर ६७ प्रतिशत

logo
प्रकाशित २०७७ साउन २३ शुक्रबार
corona-india-test.jpg

काठमाडौं । भारतमा पछिल्लो समय बढिरहेको कोरोना भाइरसको संक्रमणले ठूलो चिन्ता थपेको छ । निकै तीव्र गतिमा फैलने क्रममा भारतमा पछिल्लो  २१ दिनमा १० लाख कोरोना भाइरसका संक्रमित थपिएका हुन्  । यसअघि पहिले १ देखि १० लाख कोरोना संक्रमित पुग्न १६९ दिन लागेको थियो । बीस लाख संक्रमित हुने रफ्तार अमेरिका र ब्रजिलको भन्दा कम हो । 

अमेरिकामा यो संख्या पुग्न १३७ दिन र ब्रजिलमा १४३ दिन लागेको थियो । अब भने पछिल्ला केही दिनदेखि अमेरिका र ब्रजिलमा भन्दा भारतमा संक्रमित बढ्ने गति तीव्र भइरहेको छ । 

हाल भारतमा २० लाख २५ हजार ४०९ जना कोरोना संक्रमित पुगेका छन् । बिहीबार मात्रै ६२ हजार १७० नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या ४१ हजार ६३८ पुगेको छ । 

सक्रिय संक्रमितमात्रै ६ लाख ५ हजार ९३३ रहेका छन् । निको हुनेको दर पनि बढेको छ । बिहीबार ५० हजार १४१ जनालाई निको भएको छ । 

निको हुने १३ लाख ७७ हजार ३८४ पुगेका छन् । निको हुने दर २ प्रतिशत बढेर ६७ प्रतिशत पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ