arrow

कोरोनामय संसार, कति पुगे मृतक तथा संक्रमित ?

logo
एएफपी,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
corona-world.jpg

जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस संक्रणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना संक्रित भएका छन् । 

संक्रितमध्ये हालसम्म एक करोड २३ लाख ७५ हजार ३७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६१ लाख ८५ हजार ६८० व्यक्ति कोरोना भाइरस संक्रित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रितमध्ये ६५ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ३२ हजार ५४७ जनामा कोरोना भाइरसका संक्रित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६२ हजार ८०५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४५ लाख ४४ हजार २५४ जना कोरोना भाइरस संक्रति रहेका छन् । यहाँ एक लाख ५४ हजार ८९२ जनाको मृत्यु भएको छ । 

उत्तर अमेरिकामा ५९ लाख २० हजार ३५३ जना कोरोना भाइरस संक्रति रहेका छन् । यहाँ दुई लाख २९ हजार ८८७ जनाको मृत्यु भएको छ । 

युरोपमा २९ लाख ९० हजार २३३ जना कोरोना भाइरस संक्रित रहेका छन् भने दुई लाख ५ हजार ३९० को मृत्यु भएको छ । 

एसिया ४७ लाख ८६ हजार ९ जनामा कोरोना भाइरस संक्रण रहेको छ भने एक लाख ५ हजार ३४८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दश लाख ११ हजार ८७६ जनामा कोरोना भाइरस संक्रण रहेको छ भने २२ हजार ११४ जनाको मृत्यु भएको छ ।  

ओसियानामा २२ हजार ११५ जनामा कोरोना भाइरस संक्रण रहेको छ भने २९२ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ