arrow

राम मन्दिरको बारेमा साम्प्रदायिक उत्तेजना नदेखाउन पाकिस्तानलाई भारतको चेतावनी 

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
ram-mandir.jpg

काठमाडौं। भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास गरिएको कुरामा पाकिस्तानले आलोचना गरेपछि भारत सरकारले आन्तरिक मामिलामा चासो नराख्न चेतावनी दिएको छ। भारतले पाकिस्तानलाई साम्प्रदायिक उत्तेजना नदेखाउन भन्दै चेतावनी दिएको हो। भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पाकिस्तानलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न समेत सुझाव दिएका छन्।

“भारतको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै इस्लामिक रिपब्लिक अप पाकिस्तानले सार्वजनिक गरेको प्रेस विज्ञप्ती हामीले पायौं, पाकिस्तानले भारतका आन्तरिक मामिलामा साम्प्रदायिक उत्तेजना रोक्न र आन्तरिक मामिलामा कुनै हस्तक्षेप गर्नुपर्दैन” श्रीवास्तवले भने।

“यद्यपी आफ्नै देशका धार्मिक अल्पसंख्यकहरुमाथि यातना दिने र आतंककारी समुहद्धारा सीमा नाघ्ने खोज्ने देशका लागि यो कुनै आश्चर्यजनक कुरा भने हैन” उनले भने।गत बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास गरेका थिए । भारतको नितान्त आन्तरिक मामिलामा आफ्नै देशका हिन्दुहरुमाथि उत्पिडन गर्ने पाकिस्तानले आलोचनात्मक टिप्पणी गरेपछि रुष्ट भएको भारतले कडा प्रतिक्रिया जनाएको  हो।

यसबाहेक भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले पाकिस्तानले जम्मु र कश्मिरलाई आफ्नो नक्सामा राखेर अवैधानिक कदम चाल्दै सीमा क्षेत्रमा आतंक मच्चाउन खोजिरहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ