हङकङकी प्रमुख कार्यकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध
एजेन्सी,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
448
Shares
काठमाडौं। हङकङकी प्रमुख कार्यकारी क्यारी लाममाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। क्षेत्रको स्वोतन्त्रता खण्डन नगरेको भन्दै अमेरिकाले क्यारी लाममाथि प्रतिबन्ध लगाएको हो।
यसबाहेक हङकङका अन्य प्रमुख अथिकारीहरुमाथि समेत अमेरिकाले प्रतिबन्ध लगाएको छ। गत महिना चीनले हङकङमाथि सुरक्षा कानुन भन्दै आफ्नो हस्तक्षेप बढाउने कानुन लगाएको थियो। यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङकी प्रमुखमाथि प्रतिबन्ध लगाउने निर्देशनमा यसअघि नै हस्ताक्षर गरिसकेका थिए।