arrow

कोरोना महामारीकै बेला ऋणको किस्ता तिर्न माल्दिभ्सलाई चीनको ताकेता 

ऋण लिएका अन्य मुलुक सशंकित

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
maldives1.jpg

काठमाडौं। राष्ट्रपति इब्राहिम सोलिह नेतृत्वको माल्दिभ्स सरकार अहिले कोभिड-१९ विरुद्धको संघर्षमा छ । रिसोर्ट टुरिज्‌म सेक्टरलाई पुन:सञ्‍चालन गर्ने आँट बटुलिरहेको छ । कोरोनाले गर्दा आर्थिक स्थिति धरासायी बनेको  छ । माल्दिभ्सको प्रतिपक्षी दलले भारतलाई केन्द्रित गरी विभिन्‍न गतिविधिहरु गरिरहेको छ । तर, यही संकटका बेला चीनले रिसोर्टमा लगानीको गरेको ठूलो ऋण भुक्तान गर्न ताकेता गरिरहेको छ । 

यस संकटको समयमा चिनियाँ एक्जिम बैंकले माल्दिभ्स सरकारलाई एक करोड अमेरिकी डलर भुक्तान गर्न ताकेता गरेको हो । माल्दिभ्सले १२७ मिलियन अमेरिकी डलर ऋण तिर्न बाँकी छ । कोभिड-१९का समयमा यसरी यति ठूलो रकम एकैपटक चुक्ता गर्दा माल्दिभ्सको रुपैयामा ठूलो असर गर्ने र विदेशी व्यापार र मुद्रा भण्डार प्रभावित हुने जनाइएको छ । 

सार्वभौमलाई ग्यारेन्टी राखेर लिइएको ऋण चुक्ता गर्ने म्याद सरकारी क्षेत्रलाई मात्रै बढाउने गरिन्छ र ग्यारेन्टी गर्ने मुलुकले उक्त ऋण ब्याजसहित हरहालतमा चुक्ता गर्नुपर्ने हुन्छ । सरकारले यदि उक्त ऋणको किस्ता चुक्ता गर्न अस्वीकार गरेमा उसको विश्वसनीयता र विश्वव्यापी क्रेडिट मार्केटमा असर पर्नेछ । 

विपक्षी दलले भने भ्रष्टाचारको मुद्दामा जेलमा रहेका पूर्व राष्ट्रपती अब्दुल्लाह यामिनको समर्थनमा 'वान भ्वाइस' प्रदर्शन गरिरहेका छन् । उनीहरुले सोलिह सरकार असफल भएको भन्दै राष्ट्रपति सोलिहको राजीनामा माग गरिरहेका छन् । उनीहरुले भारतीय सेनालाई माल्दिभ्समा प्रवेश दिएको आरोप लगाइरहेका छन् । सोलिह सरकार चौतर्फी घेराबन्दीमा परेका बेला चीनले पनि थप दबाब दिनका लागि ऋण चुक्ता गर्न ताकेता गरेको हो । समस्या परेका समयमा ऋण चुक्ताका लागि ताकेता गरेर चीन सरकारले ऋण दिएका मुलुकहरुलाई पनि आफ्नो अनुकुलतामा दवावमा राख्ने खोजेको विश्लेषकहरुले बताएका छन्। माल्दिभ्सको यो प्रकरणले ऋण लिएका मुलुकहरु थप सशंकित बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ