भारतको केरलामा विमान दुर्घटना, पाइलट सहित १८ को मृत्यु
एजेन्सी,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
574
Shares
काठमाडौं। एयर इन्डिया एक्सप्रेस जहाज दुर्घटनामा परेको छ। १० शिशुसहित १ सय ८४ यात्रु सवार विमान दक्षिण भारतको केरला राज्यको कोजिकोडे विमानस्थलमा दुर्घटना भएको हो।
प्रारम्भिक मिडिया रिपोर्टका अनुसार दुर्घटनामा दुई पाइलट सहित १८ जनाको मृत्यु भएको छ।
दुर्घटनामा विमान दुुई भागमा टुक्रा भएको थियो । अघिल्लो भाग ३० फीट तल खसेको थियो।
दुबईबाट फर्किएको सो विमानमा सवार यात्रु धेरै जसो जागिर गुमाएर स्वदेश फर्किएकाहरु थिए। अहिले दुर्घटनास्थलमा उद्घारका लागि टोली खटिएको छ।
यात्रुहरु गम्भीर घाइते र वेहोस अवस्थामा रहेका छन्। उनीहरुलाई उद्धार गरि अस्पताल लगिएको थियो। अहिले पनि एकसय २९ जना उपचाररत रहेको डीडीन्यूजले जनाएको छI
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्।