arrow

चीनमा बुबोनिक प्लेगबाट दुईको मृत्यु, शताब्दिऔं अघिको माहामारी फेरि देखियो

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २४ शनिबार
plague-mongolia.jpg

काठमाडौं। मध्य मंगोलिया (चिनियाँ क्षेत्र) मा बुबोनिक प्लेगबाट मृत्यु भएसँगै चिनियाँ अधिकारीहरुले गाउँ शिल गरेका छन्। शताब्दिऔं पूरानो यो रोगले मानव इतिहासकै ठूलो माहामारी निम्त्याएको थियो। बाउटाउ शहरको नगर अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो। ती संक्रमितको प्लेगको संक्रमण रहेको बिहीबार पुष्टि भएको छ।

ती संक्रमितमा श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि ज्यान गुमाउन पुगेका थिए। यद्यपि तीनमा कसरी संक्रमण भयो भन्ने कुरा भने बताइएको छैन।
सी जुन गाउँका ती मानिसमा संक्रमण देखिएपछि पूरै गाँउ परीक्षण भइरहेको र अहिलेसम्म सबै रिपोर्ट नेगेठिभ आएको बताइएको छ। क्लोज कन्ट्याक्टमा रहेका ३५ जनालाई क्वारेन्टिनमा राखिएको र अहिले उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको अधिकारीहरुले बताएका छन।

चीनमा यो वर्ष बुबोनिक प्लेगबाट यो दोस्रो मृत्यु हो। यसअघि भित्रि जुलाईमा मंगोलियाकै बयानुर शहरमा एक अर्का संक्रमितको मृत्यु भएको थियो। संक्रणभएको रगत चुस्ने जनवारबाट यो रोग मानिसमा संक्रमण हुन्छ र त्यसपछि हावाबाट समेत सर्छ। अहिलेको कोरोना भाइरस जस्तै बुबोनक प्लेग निकै खतरनाक रोग हो।

यसको माहामारीले युरोपियन इतिहासमै र विश्वमै करोडौं मानिसको ज्यान लिएको थियो। विश्व्स्वास्थ्य संगठनले प्रत्येक वर्ष १ हजारदेखि २ हजार सम्म बुबोनिक प्लेगका संक्रमणहरु भइरहेन र यो भाइरस प्रत्येक माहादेशमा रहेको बताएको छ। ब्राजिल, अमेरिका र अफिक्रा महादेशमा धेरै जसो यसका केहरु पाइने गरेको विश्वस्वास्थ्य संगठनले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ