arrow

डब्लुएचओबाट बाहिरिने अमेरिकी निर्णयमा पुनः विचार हुने टेड्रोसको अपेक्षा

logo
सिन्ह्वा,
प्रकाशित २०७७ साउन २४ शनिबार
world-health-organization-who.jpg

जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले महामारी फैलिरहँदा अन्तर्राष्ट्रिय समूहले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। सङ्कटको बेला संगठनबाट बाहिरिने अमेरिकी सरकारको निर्णयमाथि पुनःविचार हुनसक्ने आशा आफूले लिएको उनले बताए।

उनले यदि अमेरिकाले डब्लुएचओसँग कुनै समस्या देखेको भए यसको समाधान संगठनभित्रबाटै हुने उनले बताए। जुनसुकै मूल्याङ्कनमाथि खुला धारणा राखिरहेकोले अलग्गिनै पर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ थियो।

उनले मेलमिलापयुक्त विश्वलाई ठूला देशबीचको सहयोग र एकता चाहिएको भन्दै ठूलो मुलुकले विश्वको एकता बढाउन आवश्यक भूमिका निर्वाह गर्नसक्ने आशा आफूले लिएको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ