arrow

भारतमा एकैदिन ६५ हजार भन्दा बढी कोरोना संक्रमित थपिए, अमेरिका र ब्रजिल परे पछि 

logo
प्रकाशित २०७७ साउन २५ आइतबार
corona-india-ppe1.jpg

काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् । 

शनिबार ६५ हजार १५६ जना नयाँ कोरोना संक्रमित जोडिएका हुन् । शनिबार अमेरिकामा ५३ हजार ७०५ तथा ब्रजिलमा ४६ हजार ३०५ जना कोरोना संक्रमित बढेका छन् । 

शुक्रबार अमेरिकामा ६३ हजार २४६, भारतमा ६१ हजार ४५५ र ब्रजिलमा ४९ हजार ५०२ नयाँ संक्रमित भेटिएका थिए । 

बिहीबार भारतमा ६२ हजार १७०, अमेरिकामा ५८ हजार ७१० जना र ब्रजिलमा ५४ हजार ८०१ जना संक्रमित थपिएका थिए । 

अहिलेसम्म अमेरिकामा ५१ लाख ४९ हजार २२९ संक्रमित पुगेका छन् । ब्रजिलमा ३० लाख १३ हजार ३६९ तथा भारतमा २१ लाख ५२ जहार २० पुगेका छन् । 

अमेरिकामा ९७१ थपिएर १ लाख ६५ हजार ६५, ब्रजिलमा ८४१ थपिएर एक लाख ५४३ तथा अमेरिकामा ८७५ जना थपिएर ४३ हजार ४५३ जना मृतक पुगेका छन् । 

अमेरिकामा २६ लाख ३८ हजार ३०३, ब्रजिलमा २० लाख ९४ हजार २९३ तथा भारतमा १४ लाख ७९ हजार ८०४ जनालाई निको भएको छ । 

शनिबार एकैदिन भारतको महाराष्ट्रा १२ हजार ८२२ जना संक्रमित थपिएका छन् । त्यस्तै आन्ध्र प्रदेशमा १० हजार ८० कोरोना संक्रमित भेटिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ