लेबनानी दुर्घटनाको ‘शीघ्र तथा प्रभावकारी’ समाधान खोज्नुपर्छ: म्याक्रोँ
प्रकाशित २०७७ साउन २५ आइतबार
467
Shares
पेरिस । फ्रान्सले लेबनानको राजधानी तथा बन्दरगाह शहर बेरुतमा भएको घातक विष्फोटबाट परेको प्रभावलाई सम्वोधन गर्नुपर्नेमा जोड दिएको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले आइतवार भने, “बेरुत बन्दरगाहमा भएको घातक विष्फोटको कारण पिडामा रहेको लेबनानलाई सहयोग पुर्याउन दातृ देशहरूले ‘शीघ्र तथा प्रभावकारी’ काम गर्नुपर्छ ।”
“आजको उद्देश्य छिटो र प्रभावकारी रूपमा भूमिमा हाम्रो सहयोगको समन्वय गर्नु हो ताकि यो लेबनानी जनताले सकेसम्म सहज रूपमा राहत पाएको महशुस गरून्,” लेबनानलाई विस्फोट पहिलेको अवस्थामा पुर्याउने सन्दर्भमा गरिएको संयुक्त राष्ट्रसङ्घीय सहयोग सम्मेलनको उद्घाटन गर्दै उनले भने ।