arrow

पाकिस्तान सकारात्मक भए आतंकी हमला कम हुने अफगानिस्तानको विश्वास

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २५ आइतबार
afghanistan-map-geo.jpg

काठमाडौं। अफगानिस्तान पाकिस्तान प्लान फर पीस एण्ड सोलीडारीटीका माध्यमबाट पाकिस्तान सकारात्मक रुपमा अघि बढेमा आतंकारी हमलाहरुलाई कम गर्न सकिने अफगानिस्तानले बताएको छ । पाकिस्तान र अफगानिस्तानबीच शान्ति एकताका लागि यो महत्वपूर्ण कडी हुने अफगानिस्तानले जनाएको छ। अफगानिस्तानका सैनिकले दुई देशबीचको सीमा क्षेत्र डुरान्ड लाइन क्षेत्रमा आक्रमण गरिरहेको आरोप पाकिस्तानले लगाएको थियो।

यो आरोपको खण्डन गर्दै अफगानिस्तानले आतंकी हमलाहरु पाकिस्तानले नै बढावा दिइरहेको बताएको छ। बिहीबार डुरान्ड लाइन क्षेत्रमा भएको आक्रमणमा परेर पाकिस्तानी सेनातर्फ क्षति भएको पाकिस्तानले जनाएको थियो।

यद्यपी अफगानिस्तानको परराष्ट्र मन्त्रालयले पाकिस्तानको यो आरोपलाई अस्विकार गरेको छ । अफगानिस्तान कुनै पनि किसिमका आक्रमणहरुमा अग्रसर नभएको मन्त्रालयले स्पष्ट पारेको छ। पाकिस्तानसँगका आतंकी हमलाहरु कम गर्नका लागि दुई देशबीच शान्ति कार्ययोजनाको आधारमा अघि बढ्न आफु तयार रहेको अफगानिस्तानले विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ ।

अफगानिस्तान पाकिस्तान प्लान फर पीस एण्ड सोलीडारीटीको स्थापना सन् २०१८ मा भएको थियो । यसले दुई देशबीच शान्ति कायमका लागि योजनाहरु अघि सार्छ । दुई देशबीच २ हजार ४ सय ५० किलोमिटर लामो डुरन्ड लाइनको रहेको छ जसले दुई देशलाई छुट्याउँछ ।

पाकिस्तानले आतंकी समुहहरु एवं त्यस्ता घटनाहरुलाई बढावा दिन खोज्ने आरोपहरु लाग्दै आएका छन् । अफगानिस्तानले स्वतन्त्र र शान्तिपूर्ण रुपले अघि बढ्न खोजे पनि सीमा क्षेत्रमा पाकिस्तानले आतंक मच्चाउन खोजेको आरोप अफगानी सीमाविद्हरुको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ