arrow

भारतमा ६२ हजार बढी कोरोना संक्रमित, निको हुने अहिलेसम्मकै बढी

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
corona-india-security1.jpg

काठमाडौं । भारतमा लगातार तेस्रो दिन ६२ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

आइतबार ६२ हजार ११७ जना संक्रमित थपिए । यसअघि शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका थिए ।

शनिबार ६५ हजार १५६ जना नयाँ कोरोना संक्रमित जोडिएका थिए । 

भारतमा  अहिलेसम्म २२ लाख १४ हजार १३७ जना संक्रमित पुगेका छन् । सक्रिय संक्रमित ६ लाख ३४ हजार ९२९ जना रहेका छन् । 

निको हुनेमा आइतबार रेकर्ड बनेको छ । आइतबार ५४ हजार ४७४ जनालाई निको भएको छ । यो अहिलेसम्मकै बढी हो । 

हालसम्म निको हुनेको संख्या १५ लाख ३४ हजार २७८ जनालाई निको भइसकेको छ । 

आइतबार मात्रै १ हजार १३ जनाको ज्यान गएको छ । मृत्यु भने एकै दिन तेस्रो उच्च हो । अहिलेसम्म ४४ हजार ४६६ जनाको ज्यान गइसकेको छ । 

भारतले लगातार अमेरिका र ब्रजिललाई संक्रमणमा उछिनेको छ । 

आइतबार महाराष्ट्रमा १२ हजार २४८ जना संक्रमित थपिए । शनिबार एकैदिन महाराष्ट्रमा अहिलेसम्मकै सबैभन्दा बढी १२ हजार ८२२ जना संक्रमित थपिएका थिए । 

त्यस्तै आन्ध्र प्रदेशमा १० हजार ८२०  जना कोरोना संक्रमित भेटिएका थिए । बिहारमा समेत ३ हजार ९३४ जना संक्रमित भेटिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ