arrow

वेलारुसमा अनधिकृत जमघट गरेको भन्दै तीन हजार प्रदर्शनकारी पक्राउ

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
belarus.jpg

मिन्स्क ।  बेलारूसका प्रहरीले निर्वाचनपछि भएका प्रदर्शनपछि अनधिकृत जमघटमा भाग लिएको भन्दै करिब तीन हजार मानिसहरूलाई पक्राउ गरेको पुष्टि यहाँको गृहमन्त्रालयले सोमबार बताएको छ । 

मन्त्रालयले पक्राउ परेका केही व्यक्तिलाई प्रहरीसँग झडप गरेपछि नियन्त्रणमा लिनुपरेको जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ पक्राउ परेकामध्ये एक हजार व्यक्ति राजधानी मिन्स्क र बाँकी देशका अन्य भागमा रहेका छन् ।  

मिन्स्कमा प्रदर्शनकारीहरूले आगजनी गर्दै सडकहरूमा अवरोध खडा गरेका थिए । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको मन्त्रालयले बताएको छ । 

राजधानीमा झडपमा ५० भन्दा बढी प्रदर्शनकारी र ३० प्रहरी अधिकारीहरू घाइते भएको बताइएको छ । तर सोमबार कसैको मृत्यु भने नभएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ