arrow

मुखर्जीलाई कोरोना संक्रमण पुष्टि

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
mukharji_modi.jpg

नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरसको संक्रमण भएको सोमबार पुष्टि गरिएको छ । उन हालै कोरोनाभाइरसबाट संक्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा उनलाई पनि संक्रमण पुष्टि भएको हो । आफूलाई संक्रमण पुष्टि भएपछि उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोनाभाइरसको परीक्षण गर्न आग्रह गरेका छन्। 

उनले सामाजिक सञ्जाल ट्वीटरमा सोमबार लेखेका छन्, “मलाई आज कोरोनाभाइरसको संक्रमण भएको भएको छ, पछिल्लो हप्ता मेरो सम्पर्कमा रहनु भएका सवैलाई उच्च सतर्कताका साथ आफै एकान्तबासमा बस्न र कोरोनाभाइरसको परीक्षण गर्न आग्रह गर्दछु ।” 

भारतमा उमेरले ८० बर्ष पुरा गरेका नेताहरुमध्ये कोरोनाभाइरसबाट संक्रमित भएको उन पहिलो होइन, यसअघि अरु पनि धेरै बृद्ध नेताहरुमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।  

केन्द्रीय गृह मन्त्री अमित शाह, राज्य मन्त्री अर्जुन राम मेघवाल, प्रदेशका कृषि मन्त्री कैलाश चौधरीलगायतलाई पनि कोरोनाको संक्रमण पुष्टि गरिएको थियो ।

त्यसैगरी तमिल नाडुका गभर्नर बनवारीलाल पुरोहित, मुख्यमन्त्री विएस येडियुराप्पा, कर्नाटक प्रदेशका स्वास्थ्यमन्त्री बी श्रीरामुलुलगायतलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।  

भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ६२ हजार ६४ जनामा संक्रमण पुष्टि भएको छ । 

दैनिक हजारौमा संक्रमण देखिएपनि भारतमा अहिलेसम्म १५ लाखभन्दा बढी संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।  

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजार सात जनाको मृत्यु भएको जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या ४४ हजार ३८६ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ