arrow

पाकिस्तानी सैनिक अदालतले मृत्युदण्ड सुनाएका भारतीय नागरिक कुलभूषण जाधवको सुनुवाई बृहत बेन्चमा हुने

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २६ सोमबार
Kulbhusan-jadab.jpeg

काठमाडौं। भारत र पाकिस्तानबीच कुटनीतिक चासोको बिषय समेत रहेको भारतीय नागरिक कुलभूषण जाधवको सुनुवाईका लागि  इस्लामावाद उच्च अदालतले बृहत बेन्च गठन गरेको छ । यो निर्णयसँगै मृत्यु दण्डको सजाय सुनाइएका जाधवको मुद्धा अब बृहत बेञ्चमा सुनुवाई हुने भएको छ। 

पाकिस्तानको समाचार संस्था जीओ न्युजका अनुसार उक्त बृहत बेन्चमा इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीश अथ मिनाल्लाह, न्यायाधीश अमि फरुक र न्यायाधीश मियान गुल हसन अउरङजेब रहेका छन् । शुक्रबार गठन भएको यस बेन्चमा आगामी सेप्टेम्बर ३ मा मुद्दाको पेशी तोकिएको छ । 

भारत सरकारले पाकिस्तानलाई लगातार जाधवको मुद्दामा काउन्सुलर उपलब्ध गराउन दबाब दिइरहेको थियो । यस्को समेत प्रभावमा इस्लामावाद उच्च अदालतले फेरि सुनुवाईका लागि बृहत बेन्च गठन गरेको हो । भारतले यसलाई आफ्नो विस्तारित कुटनीतिक प्रभावको रुपमा देखेको छ ।  

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान सरकारले यस विषयमा भारत सरकारसँग परामर्श गरेको दाबी गरेका छन् । 

यसअघि पाकिस्तानी मिडियाले इस्लामावाद अदालतले भारतीय अधिकारीहरुलाई पनि आफ्नो धारणा राख्‍न दिनुपर्ने जनाएका थिए । यद्पि यस विषयमा भारतीय विदेश मन्त्रालयलाई भने केही जनाकारी गराएको छैन । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस विषयमा आफूलाई केही जानकारी नआएको बताए । 

गत महिना भारतले पाकिस्तानले कुलभूषण जाधवको मुद्दामा सम्पूर्ण प्रभावकारी उपायका मञ्‍चहरु बन्द गरेको बताएको थियो । 

पाकिस्तानले सन् २०१६ मा जाधवलाई बलुचिस्तानबाट जासुसी गरेको आरोपमा पक्राउ गरेको थियो । तर भारतले पनि उनलाई इरानी बन्दरगाह चाहबहारबाट नियन्त्रणमा लिएको बताएको छ । 

सन् २०१७ मा पाकिस्तानको सैन्य अदालतले उनलाई मृत्यु दण्डको सजाय दिएको थियो । तर, गत वर्षको जुलाईमा अन्तर्राष्ट्रिय अदालतले मृत्यु दण्डको सजाय रोक्‍न आदेश दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ