arrow

काश्मिरमा लश्कर ए तैयबका ६ आतंककारी पक्राउ परेपछि खुलेको रहस्य

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २६ सोमबार
kashmir_news.jpg

जम्मु कश्मिर। भारतीय सुरक्षा बलले कश्मिरमा लश्कर—ए—तैयब (एलईटी) समुहका ६ जनालाई पक्राउ गरेको छ। एलईटी समुह जम्मु कश्मिरलाई पाकिस्तानमा एकिकरण गराउन सक्रिय आतंककारी समुह हो । यसै समुहका पूर्व जिल्ला कमान्डर हारुन उर्फ खुयबलाई सन् २००७ मा पाकिस्तान बहिस्कृत गरिएको थियो।
 
खुयबबाटै परिचालित ६ जनालाई पक्राउ गरेसँगै कश्मिरमा एलईटीले आतंककारी नेटकर्व फैलाइरहेको बिषय पर्दाफास भएको भारतीय मिडियाहरुले जनाएका छन्। इन्डियन आर्मी र स्पेसल अपरेसन ग्रुपले गत जुलाई १९ मा डोडा जिल्लाबाट मुबाशिर फारुक बटुटर्दा पक्राउ गरको थियो । पञ्जाबको खरार इन्स्टिच्युटबाट नर्सिंगमा ब्याचलर गरिरहेका फारुकलाई शंकास्पद गतिविधि गरिरहेका कारण पक्राउ गरेको थियो । पक्राउका क्रममा उनीसँग टिफन बक्समा लुकाइएको १ लाख ५० हजाररुपैयाँ समेत फेला परेको थियो ।

त्यसपछि अनुसन्धानका क्रममा सुरक्षा बलले आतंक फैलाउन एलईटी समुहबाट सक्रिय अन्य ६ जनालाई समेत पहिचान गरेको थियो । तोकिर अहमद बट्, असिफ बट्, गाजी इकबाल, खलिद लतिफ बट्र र तारिक हुसेन मिरलाई सुरक्षा बलले पक्राउ गरेको हो । उनीहरुसँगको सोधपुछका क्रममा, सीमा क्षेत्रबाट सक्रिय आतंककारी समुहले उनीहरुलाई विभिन्न उद्देश्यका लागि भनेर करिब १२ लाख भन्दा बढी भारतीय रुपैयाँ दिएको खुलेको छ ।

उनीहरुलाई पैसा दिनुको मुख्य उद्देश्य सो क्षेत्रबाट आतंकी समुहमा भर्ती हुनका लागि युवाहरु छनोट गर्नु, सक्रिय र मृतक आतंकारीहरुको परिवारमा पैंसा वितरण गर्नु र विभिन्न किसिमका हतियारहरु ओसारपोसार गर्नका लागि उनीहरुलाई पैंसा दिइएको खुल्न आएको हो । यो समुहले अहिलेसम्म धेरै युवाहरुलाई एलईटी एवं अन्य समुहमा भर्ती गराउन सहयोग पुर्याएको खुल्न आएको छ । पक्राउ परेका सबै एलईटीका तत्काली डोडा जिल्ला कमाण्डर हारुन उर्फ खुयबबाट परिचालित रहेको खुल्न आएको छ । यो एउटा उदाहरुण मात्रै हो, पाकिस्तानबाट सक्रिय थुप्रै आतंकारी समुहले जम्मु कश्मिरलाई पाकिस्तानमा गाभ्नका लागि आतंक मच्चाउने काम गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ