arrow

बेइरुत विस्फोट घटनाले ढाल्यो लेबनान सरकार  

logo
प्रकाशित २०७७ साउन २७ मंगलबार
beirut-bisfot-final.jpg

काठमाडौं । बेइरुतको विस्फोट घटनाले लेबनान सरकार ढलेको छ । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका हुन् । 

सर्वसाधारणमा आक्रोश दिनानुदिन बढ्दै गएपछि त्यसलाई थेग्न नसकेर दियाबले राजीनामा दिएको घोषणा गरेका हुन् । 

गत मंगलबार लेबनानको राजधानी बेइरुतमा विस्फोट भएको थियो । उक्त विष्फोटपछि समस्या समाधान गर्ने प्रयास गरे पनि असफल भएपछि प्रधानमन्त्री दियाबले राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । 

बीबीसीले लेखेअनुसार लगातार तेस्रो दिन आन्दोलनकारीले सडकमा प्रहरीसंग झडप गरेपछि सरकार वाध्य भएर राजीनामा दिन वाध्य भएको हो । यसअघि नै उनको मन्त्रिमण्डलका केही सदस्यले राजीनामा दिइसकेका थिए।

गत बेइरुतमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई सय भन्दा बढी भएको छ । अझै थुप्रै बेपत्ता छन् । 

निकै ठूलो र शक्तिशाली डेटेनेटर विष्फोट भएको हो । २ हजार ७५० टनको विष्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका थिए । 

पछिल्लो समय सडकमा उत्रेकाले भ्रष्टाचारी सरकारप्रतिसमेत नारा लगाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ