arrow

अमेरिकाको क्यापिटल हिलमा ४ देशका नागरिकले निकाले चीनविरोधी प्रदर्शन

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २७ मंगलबार
china-protest-usa.jpg

काठमाडौं। भारतीय, भियतनामी, तिब्बती र ताइवानी नागरिकहरुले अमेरिकाको क्यापिटल हिलमा चीनविरोधी आन्दोलन गरेका छन्। क्यापिटल हिलबाहिर भारतीय र अन्य मूलका अमेरिकी नागरिकहरुले आइतबार बिहान प्रदर्शन गरेका हुन्।

भारतको गलवान उपत्यकामा चिनियाँ सेनासँग भएको हिंसात्मक झडपपछि चीनविरुद्ध अमेरिकाका थुप्रै शहरहरुमा प्रदर्शन बढ्दै गएको छ । प्रदर्शनकारीहरुले चीनविरोधी नारा लेखेका प्लेकार्ड र अमेरिकी झण्डा बोकेका थिए।

प्रदर्शनकारीहरुले बाइकट चाइना भन्दै भारतले चीनका सामानहरुमा प्रतिबन्ध लगाउने कदम सफल हुने विश्वास व्यक्त गरेका थिए। उनीहरुले प्रदर्शन चिनियाँ नागरिकविरुद्ध नभएर चिनियाँ शासक कम्युनिस्ट पार्टी विरुद्ध भएको बताएका थिए।

प्रदर्शनमा सहभागी कम्युनिटी लिडर अडापा प्रशादले चीनको विस्तारवाद नीतिको घोर विरोध हुनुपर्ने बताएका थिए। उनले चीनले विश्वर फैलाइरहेको असुरक्षा र स्वार्थपूर्ती रणनीतिले अन्य मूलुकहरु उत्पिडनमा पर्न जाने बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ