arrow

काश्‍मीरको विषयमा छलफल गर्न मुस्लिम देशहरुलाई मनाउन सकेन पाकिस्तानले

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २७ मंगलबार
shah-kuraisee-pakistani-for.jpg

काठमाडौं। इस्लामिक मुलुकहरुको साझा संस्था (ओआईसी) ले काश्‍मीरको विषयमा पाकिस्तानलाई फेरि लज्जित बनाएको छ। ५७ मुस्लिम मुलुकहरुको शक्तिशाली संस्था ओआईसीले काश्‍मीरको विषयमा आफू नबोल्‍ने बताएपछि पाकिस्तान लज्जित हुनुपरेको हो।  

पाकिस्तानले काश्‍मीरमा भारतले दमन गरेको आरोप लगाउँदै ओआईसीका सदस्य राष्ट्रका विदेश मन्त्रीहरुको सम्मेलनमा यस विषमा छलफल गर्न आग्रह गरेको थियो । 

पाकिस्तानले यसअघि पनि विभिन्‍न पटक काश्‍मीरको विषयमा ओआईसीमा छलफल गराउन चाहेको थियो।तर, ओआईसी सदस्य राष्ट्रहरुले भने पाकिस्तानको प्रस्तावलाई अस्वीकार गर्दै आएका थिए । उनीहरुले भारतको आन्तरिक मामिलामा आफूहरु नबोल्‍ने बताएका हुन् । 

कानुनी र संवैधानिक रुपमा भारतमा पर्ने भूभागमा पाकिस्तानले दाबी गर्दै पाकिस्तानले काश्‍मीरमा भारतले लगाएको नियम उल्लंघन गर्न उकासिरहेको भारतीय मिडियामा उल्लेख छ । 

भारतले काश्‍मीरका विषयमा प्रावधान गरिएको धारा ३७० सन् गत बर्ष ५ अगस्तमा खारेज गरेपछि यस विषयमा ओआईसीमा छलफल गराउने बताएको थियो ।  तर, ओआईसीले यस विषयमा मुख नखोल्ने जनाएको हो । 

ओआईसीले भनेको छ, "यो भारतको आन्तरिक मामिलाको विषय हो । कुनै पनि मुलुकले ऐतिहासिक निर्णयको विरुद्ध बोल्न‍ु हुँदैन र अनावश्यक टिप्पणी गर्नु हुँदैन ।" 

भारतले ५ अगस्तमा काश्‍मीर केन्द्र सरकारको अधिनमा आएको खुसीयालीमा पहिलो उत्सव मनाएको छ। 

लामो समयदेखि इस्लामिक आतंकवादको केन्द्र बनेको काश्‍मीर केन्द्र शासित राज्य भएसँगै विकास र समृद्धिका कामहरु भइरहेका छन् भने काश्मीरीहरुको जीवनमा परिवर्तन आएको भारतीय अधिकारीहरुले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ