arrow

हङकङमा अनावश्यक गतिविधि गरेको आरोपमा ११ अमेरिकीमाथि प्रतिबन्ध

logo
सिन्ह्वा,
प्रकाशित २०७७ साउन २७ मंगलबार
usa-china1.jpg

बेइजिङ । अगस्ट १० तारिखदेखि हङकङ सम्बन्धमा समस्या उत्पन्न गर्ने खालका शङ्कास्पद गतिविधि गरेको आरोपमा ११ जना अमेरिकीलाई प्रतिबन्ध लगाउने घोषणा चीनको परराष्ट्र मन्त्रालयले गरेको छ ।

हालै अमेरिकाले चीनको केन्द्रीय सरकारी विभागहरू तथा हङकङ विशेष प्रशासनिक सरकारी पदाधिकारी लगायत ११ जनामाथि प्रतिबन्ध लगाउने घोषणाको जवाफी कदमस्वरूप चीनले अमेरिकी ती अधिकारीमाथि प्रतिबधको घोषणा गरेको हो । 

चीनको सार्वभौमसत्ता, हित तथा गौरवको दृढ संरक्षण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रतिबन्ध नामावलीमा समेटिएकाहरूमध्ये अमेरिकी सांसद, केही अमेरिकी गैर सरकारी संगठनका जिम्मेवार व्यक्ति रहेका बताइएको छ । उनीहरूले लामो समयदेखि हङकङ मामिलामा हस्तक्षेप गर्न खोजिरहेको साथै एक देश दुई व्यवस्थालाई बङ्ग्याउँदै आएको दावी चीनले गरेको छ । प्रतिबन्धितमध्ये एक अमेरिकी संघीय सांसद मार्को रूबिओ हुन् । 

चीनले चालेका जवाफी कदम अन्तर्राष्ट्रिय सम्बन्ध प्रजातान्त्रीकरणको संरक्षण गर्ने न्यायोचित कदम पनि भएको बताएको छ । यस्तो कदम देशको सार्वभौमसत्ता तथा गौरवको संरक्षण हो र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी मापदण्डको पालना गर्नु पनि हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ