arrow

यसरी बहिस्कृत हुँदैछ चीन

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
boycott-china.jpg

काठमाडौं । विश्वभर नक्कली सामान बेच्दै आएको चीन अन्ततः विश्वबाट बहिस्कृत हुँदै गएका संकेतहरु मिल्न थालेका छन् । 

कोभिड–१९ को महामारीका कारण चीनले विश्वका धेरैजसो मुलुकमा स्वास्थ्य सामग्री निर्यात गर्यो । त्यसमा अधिकांश नक्कली सामान थिए । त्यसबाट पनि चीन नक्कली सामानका लागि बदनाम कमाउँदै गएको छ । 

त्यसैगरी सामान निर्यात पनि घट्दै गएको छ । तर उसले आफूलाई झन् बढी निर्यात भइरहेको दावी पेश गर्न भने छाडेको छैन । 

चीनको ठूलो बजार हिस्सा भारतमा पनि ओगटिएको छ । तर विश्वबाट बहिस्कृत हुँदै गर्दा पनि चीनले भने यसलाई मजाककै रुपमा लिएको छ । 

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले गत शनिबार एक ट्वीट गर्दै भारतले गरेको ‘बाइकट चाइनिज प्रोडक्टस्’ अभियानको मजाक उडाएको हो । 

यसका लागि चिनियाँ भन्सार विभागले तथ्यांक पनि सार्वजनिक गरेको छ । जसअनुसार चीनको भारतमा हुने निर्यात बढेको छ । जुन महिनामा ४.७८ अर्ब डलरको निर्यात बढेकोमा जुलाईमा ५.६० डलरको निर्यात भएको देखाइएको छ । 

जबकि भारतको दावी अनुसार चीनबाट भारतमा आयात हुँदै आएको सामानमा कमी आएको छ । भारतले चीनबाट गत जुन महिनामा केबल २५ हजार १७६ भारतीय रुपैयाँको सामान मगाएको उल्लेख छ । 

भारतीय वाणिज्य मन्त्रालयका अनुसार यो वर्ष जनवरीदेखि जुनसम्म भारतले चीनबाट कम मात्रामा सामग्री खरिद गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ