arrow

संक्रमणमुक्त न्युजिल्याण्डमा फेरि भेटिए संक्रमित

logo
एएनआई,
प्रकाशित २०७७ साउन २८ बुधबार
newzealand-pm.jpg

वेलिङ्टन । कोरोना संक्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि संक्रमित भेटिएका छन् ।  

सरकारी अधिकारीहरुले चार जना नयाँ संक्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट संक्रमित नभएको पनि स्पष्ट पारेका छन् । 

अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन पोष्टले न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नलाई उद्धृत गर्दै समाचार लेखेको छ । 

समाचारमा प्रधानमन्त्री जासिन्डाले कोरोनाको संक्रमण फैलिन नदिनका लाग मुलुकमा फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गर्न लाग्नु भएको उल्लेख छ ।  

उनले सबैलाई घरमै बस्न र मास्क लगाउने, सामाजिक दुरी कायम गर्नेलगायतका आधारभूत सतर्कताहरु अपनाउन आग्रह गरेकी छन् । 

अहिले संक्रमित भएकामध्ये पहिलो संक्रमित झण्डै ५० वर्षका रहेका र उनको अन्तर्राष्ट्रिय यात्राको विवरण नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि परिवारका सबै सदस्यको परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको थियो । 

प्रधानमन्त्री जासिन्डाले कोरोनाका विरुद्धमा सबैजना फेरि एक पटक एकजुट भएर लड्ने र परास्त गरिछाड्ने बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ