arrow

एक पेन्टिङले बदलियो सुशान्तको व्यवहार, आखिर के थियो त्यो पेन्टिङमा ?

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
susant-painting.jpg

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि उनको युरोप यात्राको बारेमा सबैभन्दा बढी चर्चा भयो । सो यात्रापछि नै सुशान्तको व्यवहारमा परिवर्तन भएको दावी गरिएको छ। अहिले  सबैजनाको दिमागमा एकै प्रश्न उठेको छ, सो यात्राको क्रममा भएको के थियो ? सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले युरोपको  यात्राको बारेमा एउटा अश्चर्यजनक कुरा बताएकी छन्। रिया भन्छिन् - युरोप यात्राको क्रममा एक पेन्टिङ देखेर सुशान्तले अनौठो व्यवहार गर्न थालेका थिए ।

रियाका अनुसार युरोप यात्राका क्रममा सुशान्तको कोठामा एक पेन्टिङ लगाइएको थियो । सो पेन्टिङमा शनि आफ्न सन्तानलाई खाइ रहेको थियो । त्यसलाई हेरिरहेका सुशान्तलाई जब रियाले के भयो, भनेर प्रश्न गरिन् तब सुशान्तले त्यस पेन्टिङको क्यारेक्टरलाई देखिरहेको बताएका थिए । रियाका अनुसार सुशान्तलाई पेन्टिङको कारण अनौठा अनुहारहरु देखिन थालेको थियो । 

रियाले यस्तो दाबी गरेको पेन्टिङ फ्रान्सिस्को डी गोयाले बनाएका हुन् । गोया स्पेनका महान चित्रकार थिए। सो तस्वीरलाई गोयाले ग्रीकको पारंम्परिक मान्यताका  आधारमा बनाएका थिए । जसको मुताबिक क्रोनस (शनि) मा आफ्ना सन्तानले हराउने डर थियो ।  उनले जन्मपछि आफ्ना प्रत्येक सन्तानलाई खाने गर्दथेगोयाले यो पेन्टिङ आफ्नो घरको भित्तामा बनाएका थिए । पछि यसलाई फ्रेमको रूप दिइयो ।

यस बाहेक सुशान्तले आफ्नो ट्विटरमा  एक पेन्टरको तस्वीर शेयर गरेका थिए जसले पेन्टिङ बनाएको एक बर्षपछि आत्महत्या गरेका थिए । अद्वितीय डच चित्रकार र शिल्पकार विन्सेन्ट वेन गगले पनि आत्महत्या गरेका थिए। उनी डिप्रेशनसँग जुधि रहेका समय सो पेन्टिङ उनले बनाएका थिए  । 

'स्टारी नाइट' नामको यस पेन्टिङलाई विन्सेन्टले सन् १८८९ मा डिप्रेशनको क्रममा बनाएका थिए । एक बर्षपछि सन् १८९० मा  विन्सेन्टले आफैलाई गोलीले हानेर उडाए । सो समय उनी ३७  वर्षका थिए । ३७ बर्षको उमेरमा उदारचढाव जिन्दगी, काम, डिप्रेशन र एक्लोपनका कारण उनले आत्महत्या गरेका थिए । उनले १० बर्षमा करीब ९ सय पेन्टिङ बनाए। उनको चित्रको आज पनि ठ्याक्कै अर्थ निकाल्न मुश्किल रहने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ