arrow

अमेरिका र अष्ट्रेलियाले भारत र जापानसँग परामर्श गर्ने, हङकङको विषयमा चीनको आलोचना

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २८ बुधबार
hongkong-agitation.jpg

काठमाडौं । अमेरिका र अष्ट्रेलियाले जापानसँग त्रिपक्षीय वार्ता गर्दै भारत र जापानसँग थप परामर्श गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । 

अष्ट्रेलिया र अमेरिकाबीचको सम्बन्धको ३० वर्षको अवसरमा संयुक्त विज्ञप्ति जारी गर्दै दुई देशले उक्त छलफल र परामर्शको प्रतिबद्धता दोहोर्‍याएका हुन् । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ र रक्षा मन्त्री मार्क इस्परले जुलाई २८ मा वाशिङ्टनमा ३० औं वर्षको अवसरमा आयोजित अष्ट्रेलिया-अमेरिकी मन्त्रीस्तरीय परामर्शका लागि अस्ट्रेलियाली विदेशमन्त्री म्याराइज पायन र रक्षा मन्त्री लिन्डा रेनोल्ड्लाई स्वागत गरेका हुन् । 

विगतमा चीन र बेलायतले जारी गरेको संयुक्त घोषणापत्र अन्तर्गत आफ्नो दायित्वहरूको उल्लंघन गरी हङकङको स्वायत्तता र स्वतन्त्रता खारेज गर्न चिनियाँ सरकारको प्रयासको बारेमा दुई देशले गहन चिन्ता व्यक्त गरेका छन् । 

" हङकङको कानुनको शासनलाई बिगार्ने, अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई बिगार्ने 'व्यापक र अस्पष्ट' राष्ट्रिय सुरक्षा 'कानुनको लागु भएको'मा गहिरो चिन्ता व्यक्त गर्छौ," संयुक्त विज्ञप्तिमा भनिएको छ।

चीनले हालसालै हङकङमा विवादित राष्ट्रिय सुरक्षा कानुन लागु गरेको छ । यस कदमलाई अमेरिका र यसका धेरै सहयोगीहरूले कडा आलोचना गरेका छन् ।

"दुबै देशका मन्त्रीहरूले संयुक्त राज्य अमेरिका र अष्ट्रेलिया दुबैले हङकङसँगको उनीहरूको प्रत्यर्पण सन्धिलाई पीआरसीको कार्यको परिणामस्वरूप निलम्बन गर्न कदम चालेका छन् । साथै उनीहरुले हङकङको बासिन्दालाई आफ्नो देशमा प्रवेश गर्ने संयन्त्र घोषणा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ