arrow

कश्मीरमाथिको अडान इमरान सरकारलाई पर्यो भारी

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
pakistan-imran-khan.jpg

काठमाडौं । पाकिस्तानलाई साउदी अरबसंग कश्मीर मुद्दा उठाउने माग गर्नु भारी परेको छ । साउदी सरकारले पाकिस्तानी प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारलाई ऋण र पेट्रोलियिम पदार्थ नदिने बताएको छ । 

पाकिस्तानले चीनको समर्थन लिएर साउदी अरब र युएईमाथि आलोचना गरिरहेको विश्लेषण गरिन्छ । त्यसलाई टेकेर पाकिस्तानले साउदी र युएईलाई अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन (ओआईसी)को बैठक बोलाउन माग गर्दै आएको छ । 

साउदी ओआईसीको अध्यक्ष राष्ट्र हो । भनिन्छ कि भारतसंग साउदीको गहिरो कुटनीतिक र आर्थिक सम्बन्ध रहेका कारण पनि अब साउदीले इमरान खानको अनावश्यक दवावलाई बेवास्ता गरेको बताइन्छ । 

भारतले कश्मीरमा अनुच्छेद ३७० हटाएपछि पाकिस्तानले ओआईसीको बैठक बोलाउन माग गर्दै आएको छ । तर साउदी अरबले यस मुद्दामा तयार नभएको स्पष्ट पारेको छ । 

त्यसपछि पाकिस्तानले साउदीको आलोचना गर्न थालेको हो । पाकिस्तानी विदेशमन्त्री शमाह महमुद कुरैशीले पनि एक बयानमा साउदीले बैठक नबोलाए पाकिस्तानसंग विकल्प रहेको बताएका थिए । 

त्यस्तै साउदीले पाकिस्तानलाई सन् २०१८ मा ६.२ अर्ब डलर ऋण दिएकामा हाल साउदीले ऋणको पहिलो किस्ता एक अर्ब डलर तिर्न भनेपछि तनाव बढेको हो ।

पाकिस्तानले चीनसंग ऋण लिएर उक्त रकम चुक्ता गरेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ