arrow

गुरुद्वार मन्दिरलाई मस्जिद बनाउँदै पाकिस्तान, भारतले गर्‍यो विरोध

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २९ बिहिबार
pakistan-flag.jpg

काठमाडौं। लाहोरस्थित नौलाख बजारमा रहेको गुरुद्धार मन्दिरलाई पाकिस्तानले मस्जिदमा परिणत गर्न खोजिरहेको खबरको भारतले कडा विरोध गरेको छ। भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ताले पाकिस्तानी धार्मीक उत्पिडनको कडा विरोध गरेका छन्।

“लाहोरको गुरुद्धारस्थित भाइ तरु सिंहजी शहिद भएको ठाँउलाई पाकिस्तानले शहिदगंज भएको दाबी गर्दै यसलाई मस्जिदमा रुपान्तरण गर्न खोजिरहेको कुराको भारतले घोर विरोध गरेको छ” परराष्ट्र मन्त्रालयका प्रवक्त अनुराग श्रीवास्तवले भनेका छन्।

सन् १७४५ मा भाइ तरु सिंह शहिद भएको ठाँउका सम्झनाका लागि गुरुद्वार मन्दिर बनाइएको थियो। यसविषयमा भारतको गम्भिर ध्यानाकर्षण भएको र पाकिस्तानलाई यस विषयमा अनुसन्धान गरेर सत्यकुरालाई आधारमान्न अनुरोध गरिएको उनले बताएका छन्।

पाकिस्तानमा पछिल्लो समय धार्मिक उत्पिडन एवं हिंसाका घटना बढ्दै गएका छन्। यसै कुरालाई मध्यनजर गर्दै भारतले त्यहाँ अल्पसंख्यक समुदायको सुरक्षा, उनीहको धार्मिक अधिकार र सांस्कृतिक सम्पदाको संरक्षण गर्नका लागि भारतले ध्यानाकर्षण गराएको भारतीय मिडियामा खबर छ।

गुरुद्धार शिख समुदायले श्रद्धा एवं सम्मान गर्ने ठाँउ हो र यसलाई शिख धर्मावलम्बीहरुको पवित्र स्थल मानिन्छ। भारतले यस विषयमा गम्भिर आपत्ति जनाउँदै अल्पसंख्यक शिख समुदायको न्यायका लागि आह्वान गरेको प्रवक्ता श्रीवास्तवले बताए।

पाकिस्तानमा अल्पसंख्यक हिन्दु र शिख धर्मालम्वीहरुको न्यायका लागि भारतले आवाज उठाउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ