arrow

बिहारमा एकै दिनमा करिब चार हजार संक्रमित

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
corona-test-india1.jpg

पटना । विहारमा विगत २४ घण्टाको अवधिमा करिब चार हजार व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको राज्य सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ ।

हालसम्म बिहारमा कोभिड–१९ संक्रमितको सङ्ख्या ३३ हजार ९१६ रहेको छ । 

संघीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ९९९ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म संक्रमितको सङ्ख्या झण्डै २४ लाख गुगेको छ भने छ लाख ५० हजारभन्दा बढी व्यक्ति अहिले पनि कोभिड संक्रमित छन् भने करिब १७ लाख संक्रमणमुक्त भएका सरकारी तथ्याङ्क छ ।

 भारतमा बिहीबारसम्ममा ४७ हजार ३३ व्यक्तिको कोरोना भाइरसको महामारीका कारण मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ