arrow

भारत कोरोना भाइरस संक्रमणमा सबैभन्दा अगाडि, अमेरिका र ब्रजिल पछि परे

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
corona-india-test1.jpg

काठमाडौं । नेपालको छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसका संक्रमित तीव्र गतिमा बढिरहेका छन् । भारतले केही समयदेखि सबैभन्दा बढी संक्रमित अमेरिका र ब्रजिललाई उछिनिरहेको छ । 

बिहीबार ६४ हजार १४२ जना नयाँ संक्रमित भारतमा थपिँदा १ हजार ६ जनाको ज्यान गएको छ । अमेरिकामा बिहीबार ५४ हजार ७५ जना तथा ब्रजिलमा ५४ हजार ४०२ जना संक्रमित थपिएका थिए । 

अमेरिकामा अहिलेसम्म ५४ लाख १४ हजार ३७७ जना संक्रमित पुगेका छन् । मृतक १ हजार २२९ थपिएर १ लाख ७० हजार ३६० पुगेका छन् । 

ब्रजिलमा ३२ लाख २४ हजार ८७६ जना संक्रमित पुग्दा ज्यान गुमाउने १२ सय थपिएर १ लाख ५ हजार ४६३ पुगेका छन् । 

भारतमा बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका थिए । त्यसैगरी निको हुने पनि अहिलेसम्मकै बढी भएका थिए ।

बुधबार एकैदिन ६७ हजार ६६ जना संक्रमित भारतमा थपिएका हुन् । यो भारतको एकैदिन सबैभन्दा बढी हो । 

त्यसैगरी बुधबारै ५७ हजार ७५९ जनालाई निको भएको छ । यो पनि अहिलेसम्मकै बढी हो । यो संख्या कुनै पनि राष्ट्रको अहिलेसम्म निको हुनेको रेकर्ड हो । 

भारतमा अहिलेसम्म २४ लाख ५९ हजार ६१३ जना संक्रमित भएका छन् । सक्रिय संक्रमित ६ लाख ६० हजार ३४८ जना रहेका छन् । 

निको हुनेको संख्या बिहीबार ५४ हजार ७७६ रहेको छ । अहिलेसम्म १७ लाख ५० हजार ६३६ जना रहेका छन् । त्यस्तै बिहीबार १ हजार ६ जनाको ज्यान गएको छ । हालसम्म ज्यान जाने ४८ हजार १४४ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ