arrow

कश्मीरमा भाजपामाथि आतंकवादी आक्रमण

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
kashmir-killed-bjp.jpg

काठमाडौं । भारतको कश्मीरमा सत्तारुढ दल भारतीय जनता पार्टीका कार्यकर्तामाथि आतंकवादी आक्रमण जारी रहेको छ । 

एक महिनाको अवधिमा पाँच भाजपा कार्यकर्ताको ज्यान गएको छ । ६ जनामाथि आक्रमण भएकामा ५ को ज्यान गएको हो । 

एक जनाको अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । 

पंचायतसंग जोडिएका राजनीतिक कार्यकर्ताहरुको हत्या भएको हो । घाटीमा मारिएका भाजपा कार्यकर्ताहरुमा २ जना सरपन्च, एक युवा नेता तथा उनका भाइ र बाबु हुन् । 

डरका कारण घाटीमा भाजपासंग जोडिएका ४० जनाले राजीनामा दिएर राजनीति छाड्ने घोषणा गरिसकेका छन् । 

उनीहरुले आफूहरु मर्न नचाहेको बताएका छन् । केन्द्र सरकारले यसलाई कसरी समाधान गर्छ भनी कश्मीरका भाजपाका कार्यकर्ताहरुले प्रतिक्षा गरिरहेका छन् । 

घाटीमा १ हजार २६७ पंच–सरपंच, ६८ बीडीसी काउन्सिल रहेको छ । यिनमा धेरैजसो भाजपाका कार्यकर्ता छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ