arrow

सिन्धु देशको माग गर्दै पाकिस्तानमा प्रदर्शन

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ३० शुक्रबार
sindh-want-freedom.jpg

काठमाडौं। सिन्ध प्रान्तको सहिद बेहजिरबाद जिल्लाको काजी अहमद सहरमा एक विशाल विरोधको प्रदर्शन गरिएको छ । स्थानिय नागरिकहरुले पाकिस्तान सरकारले जारी राखेको दमनको विरोधमा प्रदर्शन गरेका हुन्।  

प्रदर्शनकारीहरूले “सिन्धमा राज्य आतंक, फासीवाद र क्रूरता रोक्नुहोस्” भन्दै नारा लगाएका थिए। उनीहरूले सिन्धमा राजनीतिक कार्यकर्ताहरुलाई बेपत्ता पार्ने काम रोक्नको लागि ब्यानरसमेत प्रदर्शन गरेका छन् । 

ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीहरुमा बेपत्ता पारिएका परिवारका महिला र बालबालिकाहरु पनि सहभागी थिए । उनीहरुका परिवारका सदस्यहरु वर्षौं र महिनौंदेखि बेपत्ता छन् । 

सिन्ध राष्ट्रिय आवाजले नवाब मह्र, असलम माहेरी, ऐजाज गहो र हफीज पिरजाडो लगायत बेपत्ता व्यक्तिको लामो सूची सार्वजनिक गरेको छ । 

यी धेरै राजनीतिक कार्यकर्ताहरू 'जय सिन्ध मुत्तहिदा महाज' (जेएसएमएम) का हुन्, जो अलग्गै देशको माग गर्दै संगठित राजनीतिक दल हो । यसले पाकिस्तानबाट 'सिन्धुदेश' को अलग हुनुपर्ने माग राख्दै आएको छ।

जर्मनीमा निर्वासनमा बसिरहेका जेएसएमएमका अध्यक्ष शफी बुर्फातले एएनआईलाई भने, “यो र्‍याली पाकिस्तानको आईएसआई र सेनाले अपहरण गरेका राजनीतिक कार्यकर्ताहरूको सुरक्षित रिहाइको लागि आयोजना गरिएको थियो । र्‍यालीको क्रममा पाकिस्तानी खुफिया एजेन्सीहरूले सात प्रदर्शनकारीहरूलाई पक्रेका थिए ।"

पाकिस्तानी सुरक्षा बलबाट मानिसहरूले क्रूरता भोग्नु परेकोले सिन्ध प्रान्तको विभिन्‍न भागमा विरोध प्रदर्शन जारी रहेको छ । ठूलो संख्यामा राजनीतिक कार्यकर्ताहरू, पत्रकार र अन्य बौद्धिक व्यक्तिहरु बेपत्ता पारिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ