arrow

महाराष्ट्रमा सवैभन्दा धेरैको मृत्यु , भारतमा ७१.१७ प्रतिशत संक्रमणमुक्त

logo
पिटिआई,
प्रकाशित २०७७ साउन ३० शुक्रबार
corona-india10.jpg

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका कुल संक्रमित मध्ये ७१.१७ संक्रमितहरु संक्रमणमुक्त भएका छन् । भारतमा शुक्रबारसम्म कुल संक्रमितको संख्या २४ लाख नाघेको छ । 

केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार देशभरी अहिले १७ लाख भन्दा बढी संक्रमितहरु संक्रमणमुक्त भएका छन् । उनीहरुका अनुसार भारतमा अहिलेसम्म १७ लाख ५१ हजार ५५५ जना संक्रमण मुक्त भएका हुन । 

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार ७०० जनाको मृत्यु भएको छ भने संख्या ६४ हजार ५५३ जना संक्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएकाहरु मध्ये १.९५ प्रतिशतको मात्रै मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ । 

भारतमा अहिलेपनि झण्डै छ लाख ६० हजार मानिस संक्रमित अवस्थामै रहेका छन् । यो संख्या कुल संक्रमित मध्येको २६.८८ प्रतिशत हो । भारतमा कुल संक्रमितको संख्या २० लाख नाघेको यही अगस्ट ७ मा हो । सरकारी अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म दुई करोड ७६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ । ती मध्ये आठ लाख ४८ हजार ७२८ जनाको बिहीबार मात्रै परीक्षण गरिएको हो । यो संख्या एकैदिनमा परीक्षण गरिएकाहरुको संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका कुल एक हजार ७०० जना मध्ये महाराष्ट्र प्रदेशका मात्रै सवैभन्दा धेरै ४१३ रहेको छ । त्यसैगरी तमिलनाडुमा ११९, कर्नाटकमा १०३, आन्ध्रप्रदेशमा ८२, पश्चिम बंगालमा ५६, उत्तर प्रदेशमा ५०, पञ्जावमा ३१, गुजरातमा, १८ जना संक्रमितको मृत्यु भएको छ । 

अधिकारीहरुका अनुसार मध्य प्रदेशमा १७, दिल्ली राज्यमा १४, झारखण्डमा १२, जम्मु काश्मिर र राजस्थानमा ११÷११ जना र बिहारमा दश जनाको पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको छ ।

त्योभन्दा थोरै संख्यामा देशका अन्य प्रदेशहरुमा पनि मृत्युको विवरणहरु प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।भारतमा अहिलेसम्म कोरोनाका कारण ४८ हजार ४० जनाको मृत्यु भएको छ । ती मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशका कुल १९ हजार ६३ जनाको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ