arrow

हङकङमा प्रजातन्त्र समर्थित र स्वतन्त्रता पक्षधरहरु गिरफ्तार गर्ने क्रम बढ्दो

मिडिया संचालकहरु पक्राउ, कार्यालयमा छापा

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ३० शुक्रबार
hongkong-security-office.jpg

काठमाडौं। चीनले हङकङमा जारी गरेको नयाँ सुरक्षा कानुनलाई देखाएर प्रजातन्त्र समर्थित र स्वतन्त्रता पक्षधरहरुलाई गिरफ्तार गर्ने क्रम बढिरहेको छ । पछिल्लो समय हङकङ प्रहरीले प्रजातन्त्र समर्थित चार युवाहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रो-इन्डिपेन्डेन्स समूहका सदस्य रहेका १६ देखि २१ वर्षका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको मिडिया रिपोर्टहरुमा बताइएको छ । सरकारविरुद्ध स्वतन्त्रताको अभियान सञ्‍चालन गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । 

यसअघि प्रजातन्त्र सर्मथक १२ उमेदवारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । राष्ट्रिय सुरक्षा कानुन विभागका वरिष्ठ प्रहरी उपरीक्षक स्टेभे लि क्वाइ-वाहले उक्त समूहले स्वतन्त्रतालाई प्रबर्द्धन गर्ने योजना अनुसार समूह गठन गरेको र हङकङलाई स्वतन्त्रत बनाउने गरी संगठन विस्तार गर्न लागेकोले नियन्त्रणमा लिएको बताएका छन् । 

त्यसैगरि हङकङ प्रहरीले मिडियामाथि पनि हस्तक्षेप बढाएको छ। अन्तराष्ट्रिय पत्रकार महासंघले पनि हङकङको स्थिति चिन्ताजनक भएको भन्दै एशिया प्रशान्त क्षेत्रका पत्रकार संस्थाहरुसँग हङकङका पत्रकारहरुको लागि ऐङ्क्यवद्धताको अपिल गरेको छ। गत सोमबार सय भन्दा बढी हङकङका प्रहरीले राष्ट्रिय सुरक्षामा खतरा पारेको भन्दै एप्पल दैनिकको कार्यालयमा छापा मारेको थियो। प्रहरीले एप्पल डेली संचालन गर्ने कम्पनी नेक्सट डीजीटलका संस्थापक जिम्मी लेईलाई पक्राउ गरेको केहि घण्टामै पत्रिकाको कार्यालयमा छापा मारिएको थियो। 

चीन सरकराले जुन ३० मा राष्ट्रिय सुरक्षा कानुन घोषणा गरेको केही घण्टामै हङकङमा स्वतन्त्रता र प्रजातन्त्र पक्षधरहरुले उक्त कानुन मान्य नहुने भन्दै प्रदर्शन गरेका थिए । उक्त कानुन लागु भएसँगै स्वतन्त्रता पक्षधर र प्रजातन्त्र समर्थित समूहमाथि प्रतिबन्ध लगाइएको थियो । 

सन् २०१९ मा प्रजातन्त्रका लागि बृहत आन्दोलन भएपछि १९९७ अघि बेलायतको उपनिवेश रहेको हङकङमा चीनले नयाँ सुरक्षा कानुन ल्याएको हो । यस कानुनको विश्वसमुदायबाट चर्को विरोध र आलोचना भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ