arrow

दिल्लीमा एक हजार १९२ संक्रमित, एघारको मृत्यु

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
corona-delhi-fruit.JPG

दिल्ली । भारतको राजधानी शहर नयाँ दिल्लीमा गत २४ घण्टाको अवधिमा थप एक हजार १९२ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ११ संक्रमितको मृत्यु भएको राज्य सरकारले जानकारी गराएको छ ।

योसँगै दिल्लीमा शुक्रबारसम्म संक्रमित भएका व्यक्तिको सङ्ख्या एक लाख ५० हजार ६५२ पुगेको छ । दिल्लीमा चार हजार १७४ संक्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । राष्ट्रिय राजधानीमा हाल सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ३६६ पुगेको छ । 

दिल्लीमा शुक्रबार कोरोना संक्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७९० रहेको छ भने अहिलेसम्म एक लाख ३५ हजार १०८ संक्रमित निको भई घर फर्किएका छन् । दिल्लीमा हालसम्म १२ लाख ७३ हजार १४० को कोभिड–१९ परीक्षण गरिएको छ । 

संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा गत २४ घण्टामा संक्रमितको सङ्ख्या ६४ हजार ५५३ पुगेको छ भने एक हजार संक्रमितको मृत्यु भएको छ । 

भारतभर कूल संक्रमितको सङ्ख्या २४ लाख ६१ हजार १९१ रहेको छ भने छ लाख ६१ हजार ५९५ अझै संक्रमित अवस्थामा रहेका छन् । संक्रमितमध्ये देशभर ४८ हजार ४० जनाको मृत्यु भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ