arrow

वाजपेयीको दोस्रो पुण्यतिथिमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्मा विशेष समारोह

मुख्यालयमा वाजपेयीको तस्वीर अनावरण हुँदै

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
atal_bihari.jpg

काठमाडौं। भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको सम्झनामा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले २०७७ श्रावण ३२ गते एक बिशेष समारोहको आयोजना गर्ने भएको छ । समारोहमा वाजपेयीको तस्वीर भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको छ । भारतको राष्ट्र निर्माणमा दिएको योगदानलाई सम्झिदै दोस्रो पुण्यतिथिमा सो कार्यक्रमको आयोजना गरिने भएको परिषदले जनाएको छ ।

विदेश राज्यमन्त्री वी. मुरलीधरन र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष एवम् संसद सदस्य डा. विनय सहस्रबुद्घेको उपस्थितिमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले भर्चुअल मोडमा वाजपेयीको तस्वीर अनावरण गरेर कार्यक्रम सुरु गरिने बताइएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै पुरस्कारद्वारा सम्मानित, स्वर्ण पदक विजेता, मुम्बईका सुप्रसिद्ध चित्रकार वासुदेव कामतले वाजपेयीको सो क्यानभास तेल चित्र बनाएका हुन् । 

भारतमा आपत्कालीन अवस्थापछि बनेको जनता पार्टीको सरकारको विदेशमन्त्री रहँदा अटल बिहारी वाजपेयीले सन् १९७७ मार्च देखि सन् १९७९ अगष्टसम्म भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को पदेन अध्यक्षका रुपमा काम गरेका थिए । आफ्नो विदेशमन्त्री कार्यकालको क्रममा सन् १९७७ मा संयुक्त राष्ट्र संघको महासभामा वाजपेयीले हिन्दी भाषामा भाषण दिएका थिए । यसरी हिन्दी भाषामा महासभामा बोल्ने उनी पहिलो व्यक्ति थिए । उनको सोच र मार्गदर्शनले गर्दा नै भारतीय सांस्कृतिक सम्बन्ध परिषद्लाई विश्वव्यापी रुपमा अघि बढ्न र फैलिन मद्दत गरेको परिषदले उल्लेख गरेको छ । संसद सदस्यको रुपमा, विदेशमन्त्रीको रुपमा र प्रधानमन्त्रीको रुपमा  वाजपेयीले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को क्रियाकलापमा विशिष्ट एवम् दिगो प्रभाव छोडेको पिषदले जनाएको छ । 

भारतको बाह्य सांस्कृतिक सम्बन्धसँग सम्बन्धित नीति तथा कार्यक्रमहरुको तर्जुमा एवम् कार्यान्वयनमा सक्रिय रुपमा सहभागी हुन, भारत र अन्य राष्ट्रबीच सांस्कृतिक सम्बन्ध र पारस्परिक समझदारी प्रवद्र्घन एवम् सुदृढ गर्न र अन्य विदेशी राष्ट्र र जनतासँगको सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न सन् १९५० अप्रिल ९ मा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को स्थापना भएको हो । परिषद्का कार्यक्रमलाई विश्वव्यापी रुपमा कार्यान्वयन गर्नका लागि भारतको विभिन्न राज्यमा १९ वटा क्षेत्रीय कार्यालय तथा विदेशमा ३८ वटा सांस्कृतिक केन्द्रहरु रहेको भारतीय दुतावासले प्रेसित परिषदको विज्ञप्तीमा उल्लेख  छ। विगत केही वर्षमा परिषद्को आकार र गतिविधिहरुमा वृद्घि भएको छ । भारतको नरम नीति विस्तार गर्न भारतीय विदेश मन्त्रालयको प्रमुख अङ्गको रुपमा परिषदले काम गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ