arrow

हिन्दु, बौद्धमाथि भइरहेको हिंसाको बिरोधमा पाकिस्तान दुतावास अघी प्रदर्शन

पाकिस्ताबाट ४० बर्षअघी रहेका ३० प्रतिशत हिन्दु कहाँ गए, मन्दिर र बौद्ध गुम्बाहरु खै?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ३१ शनिबार
pakistan-hindu-ktm-embassy-.jpg

काठमाडौं। पाकिस्तानमा धार्मिक अल्पसंख्यक हिन्दु, बौद्ध, जैन, शिखहरुमाथि हिंसा गरेको बिरोधमा राष्ट्रिय एकता अभियानले काठमाडौं महाराजगंजस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ । पाकिस्तानले आफ्नो ७४औं स्वतन्त्रता दिवस मनाइरहँदा प्रदर्शनकारीहरुले दुतावास अगाडि पुगेर धार्मिक अल्पसंख्यकहरुमाथि भइरहेको हिंसा बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले शुक्रबार दिउँसो एक बजे पाकिस्तानी राजदुतावास महाराजगंज पुगेर विरोध प्रदर्शन गरिएको बताए । पाकिस्तानी सरकारले हिन्दु, बौद्ध र क्रिष्टियनहरुमाथि भइरहेको ज्यादती र हिँसालाई रोक्न कुनै पनि कदम नचालेको अभियानका संयोजक यादवको भनाई छ।

संयोजक यादवले भने, ‘पाकिस्तानले आज आफ्नो ७४औं स्वतन्त्रता दिवस मनाई रहेको छ । यसै अवसरमा हामीले उक्त देशमा रहेका हिन्दु, बौद्ध र क्रिष्टियनहरुमाथि मुसलमानहरुले हिंसा गरिरहेका छन्। मन्दिरहरु तोडफोड गरिरहेका छन्। छोरीचेलीहरुमाथि बलात्कार र हत्या गरिरहेका छन्। बलजफ्ति बिबाह गर्ने र धर्म परिवर्तन गराउने काम गरिरहेका छन्। तर, पाकिस्तानी सरकार मौन छ। मानवता हराइरहेको बेलामा पनि सरकार मौन बसेको छ।’

उनले भने, ‘करिब ४० वर्ष पहिले पाकिस्तानमा ३० प्रतिशत हिन्दुहरु थिए। आज एक प्रतिशत पनि हिन्दु धर्मावलम्विहरु छैनन्। यति धेरै हिन्दु धर्ममान्ने मान्छेहरु कहाँ गए ? विश्वलाई थाह छ कि पाकिस्तानमा बहुसंख्यक रुपमा रहेका मुसलमानहरुले अन्य धर्म मान्ने मान्छेलाई देख्नै नसक्ने तथा कुट्ने, पिट्ने, मार्ने, बलात्कार गर्ने जस्ता अपराधिक कामहरु गर्छन्। यस्ता अपराधहरुलाई रोक्नका लागि दवाव दिन हामीले नेपालस्थित पाकिस्तानको दुतावास अगाडि प्रर्दशन गरेका हौं।’

उनले विरोध प्रदर्शनका क्रममा नेपाल प्रहरीले आफूहरुमाथि धेरैपटक हस्तक्षेप गरेको समेत जानकारी दिए । पाकिस्तानले शुक्रबार अर्थात अगष्ट १४ मा स्वतन्त्रता दिवस मनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ