arrow

जी२० मा ऐतिहासिक गिरावट

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ३१ शनिबार
g20-nation.jpg

काठमाडौं। कोरोना भाइरसको माहामारीले भइरहेको लकडाउनका कारण जी २० अन्र्तगतका देशहरुमा ठूलो आर्थिक धक्का लागेको छ। २० क्षेत्र (देशलगायत) हरुमध्ये सन् २०२० को दोस्रो क्वाटरमा सबैभन्दा ठूलो संकुचन भएका देशमा फ्रान्स र मेक्सिको रहेका छन्। यी दुवै देशहरुको अर्थतन्त्रमा १९ प्रतिशतले गिरावट आएको छ। पहिलो क्वाटरमा फ्रान्सको अर्थतन्त्र ५.७ प्रतिशले संकुचित भएको थियो भने मेक्सिको २.२ प्रतिशतले संकुचित भएको थियो।

त्यस्तै इटालीको अर्थतन्त्रमा समेत ठूलो धक्का लागेको छ। पहिलो क्वाटरमा ५.५ प्रतिशत घाटा व्यहोरेको इटालीमा दोस्रो क्वाटरमा समेत १७.३ प्रतिशतले गिरावट आएको छ। 

त्यसैगरी कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ। बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो पहिलो पटक हो। युरोपका अरु मुलुकहरु खासगरी जर्मनी र फ्रान्स वा संयुक्तराज्य अमेरिकाको तुलनामा बेलायतको अथतन्त्र बढी नै संकुचित भएको छ।

त्यस्तै युरोपेली क्षेत्रमा (१९ देशहरु) पनि पहिलो क्वाटरमा ३.१ प्रतिशतको धक्का लागेको थियो भने दोस्रो क्वाटरमा १५ प्रतिशतले गिरावट आएको छ। युरोपेली आयोग (२७ देशहरु)लाई पहिलो क्वाटरमा २.५ प्रतिशतको धक्का लागेको थियो। दोस्रो क्वाटरमा आइपुग्दा युरोपेली आयोगलाई १४.४ प्रतिशतको धक्का लागेको छ।

क्यानडाको अर्थतन्त्रलाई समेत कोरोना भाइरसको माहामारीले ठूलो धक्का लाएको छ। पहिलो क्वाटरमा ०.९ प्रतिशतले गिरावट भएको क्यानडा दोस्रो क्वाटरमा १३.५ प्रतिशतले संकुचित भएको छ। कोरोना भाइरको नियन्त्रणमा सुरुवाती चरणमा सक्षम देखिएको जमर्नीको दोस्रो क्वाटरमा भने ११.७ प्रतिशतले अर्थतन्त्र संकुचित भएको छ। पहिलो क्वाटरमा जर्मनी २.२ प्रतिशले संकुचित भएको थियो।

माहामारीकै अवस्थामा पनि अर्थतन्त्र धान्न खोजिरहेको अमेरिकालाई दोस्रो क्वाटरमा ९.५ प्रतिशतको धक्का लागेको छ। पहिलो क्वाटरमा भने अमेरिकाले ०.३ प्रतिशतले वृद्धि गरेको थियो।

दक्षिण कोरियाले भने दास्रो क्वाटरमा भने दक्षिण कोरियालार्य पनि धक्का लागेको छ। पहिलो क्वाटरमा १.४ प्रतिशतले वृद्धि गरेको दक्षिण कोरियालार्य दोस्रो क्वाटरमा ३.० प्रतिशतले धक्का लागेको छ।

अष्ट्रेलियाले पहिलो क्वाटरमा १.४ प्रतिशले वृद्धि गरेको थियो भने दोस्रो क्वाटरमा गिरावट हुन सक्ने सम्भावना रहेको छ। जापानले पहिलो क्वाटरमा १.९ प्रतिशतले गिारवट झेलेको थियो। दोस्रो क्वाटरमा जापानको अर्थतन्त्रमा गिरावट आउने अनुमान छ।

भारतले पहिलो क्वाटरमा ३.३ प्रतिशले वृद्धि गरेको थियो। तर, दोस्रो क्वाटरमा आइपुग्दा भने पछिल्लो समय भारतमा कोरोना संक्रमण बढ्दै जाँदा अर्थतन्त्र संकुचित हुने सम्भावना छ।

पहिलो क्वाटरमा ६.८ प्रतिशतले गिरावट आएको चीन भने दोस्रो क्वाटरमा उल्लेख्यरुपमा ३.२ प्रतिशतले वृद्धि गरेको छ। कोरोना भाइरसको माहामारीका कारण जी२० क्षेत्रको अर्थतन्त्रमा ठूलो गिरावट आएको छ। सन् २०२० को पहिलो क्वाटरमा जी २० क्षेत्रको गृहस्थ उत्पादनमा ३.४ प्रतिशतको गिरावट आएको हो।
यो सन् १९९८ यताकै ठूलो गिरावट हो। यसअघि सन् २००९ को पहिलो क्वाटरमा १.५ प्रतिशतको धक्का लागेको थियो।

के छ जी २० को रिकभरी प्लान ?
जी २० को स्नन २०२० को शिखर सम्मेलन आगामी नवेम्बर २१ देखि २१मा साउदी अरेबियाको राजधानी रियाधले आयोजना गर्दै छ। सम्भवतह भर्चुल माध्यमबाट हुने यो सम्मेलनमा जी२० अन्तर्गतका राष्ट्रप्रमुख र राष्ट्रय बैंकका गर्भनरहरु सहभागि हुने ठानिएको  छ। उनीहरुले अर्थतन्त्रलाई पुनर्जिवित पार्नका लागि उल्लेख्य योजनाहरुमाथि विस्तृत छलफल गर्नेछन्।

कोरोना भाइरसको माहामारीले निम्त्याइरहेको आर्थिक संकटविरुद्ध लड्नका लागि जी२० अन्तर्गतका मूलुकहरुले रोजगारी, सुरक्षा र आम्दानीका बाटोहरुलाई प्राथमिकता दिनेछ। त्यस्तै कोभिड-१९ले निम्त्याइरहेको स्वस्थ्य संकट र यसकाको संक्रमणका कारण हुन सक्ने दिर्घकालिन स्वास्थ्य समस्याका विषयलाई समाधान गर्नका लागि उल्लेख्य योजनाहरु अघि सारिने बताइएको छ।

अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई सुरधार गर्नका लागि सबै देशहरुले मिलेर कार्य व्यवस्थापन गर्न जी२० ले निर्णय गरेको छ। त्यस्तै ऋण र अन्य आर्थिक पक्षहरुमा सहज बनाउँने र प्रविधिको उच्च प्रयोगसँगै महिलाहरुलाई बढी सञ्चालन गर्ने जी२० का लागि अर्थतन्त्र उकास्ने माध्यम हुनसक्ने जनाइएको छ।

के हो जी२०
जी२० विभिन्न देशहरु र केन्द्रिय बैंकका गर्भनरहरुको संयुक्त संगठन हो। सेप्टेम्बर १९९९ मा स्थापना भएको जी२० अन्तरगत, अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जमर्नी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रसिया, साउदि अरेबिया, दक्षिण अफ्रिका, टर्कि, बेलायत, अमेरिका र युरोपेली आयोग अन्तरगतका मूलुकहरु रहेका छन्।

यसले अन्तर्राष्ट्रिय अर्थतन्त्रका क्षेत्रमा सहकार्य गर्न र वित्तिय व्यवस्थाका लागि महत्वपूर्ण योजनाहरुमाथि छलफल गर्ने र कार्यान्वयन गराउने गर्छ। विश्वको कुल अर्थतन्त्रको ७० प्रतिशत अर्थतन्त्र जी२० अन्तरगत मूलुहरुकै रहेको छ। यसकारण जी२०को सहकार्यले विश्वलाई आर्थिक रुपमा सबल बनाउँनका लागि उल्लेख्य काम गर्न सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ