arrow

ऋण तिर्न नसकेपछि साउदीले पाकिस्तानलाई तेल दिन छोड्यो, चिनियाँ कामदारले कुटे पाकिस्तानी सेना

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ३१ शनिबार
crude-oil.png

काठमाडौं। पाकिस्तान पछिल्लो समय पूर्णरुपमा चीनको आफ्नै सहोदर भाइ बनेको छ। यतिसम्मकी चिनियाँ कामदारले आफ्ना सैनिकलाई नै कुट्दासमेत पाकिस्तान चुपचाप सहेर बस्ने गरेको छ। यसको मुख्यकारण हो चाइना पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)। पाकिस्तान चीनसँगको आर्थिक करिडोरले 

आफुलाई फाइदा हुने भन्ने आसामा ढुक्क छ। तर, यस्तै भ्रष्ट र गरिब मुलुकहरुलाई केन्द्रित गरेर आफ्नो व्यापार सञ्जालन फैलाइरहेको चीनले भने पाकिस्तानलाई रणनीतिक रुपमा प्रयोग गरिरहेको पाकिस्तानले तत्काल बुझेर पनि बुझ पचाइरहेको छ। अर्बौ डलरको चाइना पाकिस्तान इकोनोमिक करिडोरको विषय सुरक्षा र अन्य समस्याका कारण विश्वव्यापी वहसको मुद्धा समेत बनेको छ। तर, पाकिस्तानले अन्धाधुन्ध साथ दिँदा चीनलाई सजिलो भएको छ।

पाकिस्तानी सेनाको विशेष सुरक्षा प्रभागको २७ औं शाखाका लेफ्टिनेन्ट कर्नेल इमरान कासिम पाकिस्तानी पञ्जाब प्रान्तको भवलपुरमा कार्यरत छन् । उनले हालै आफ्ना सिनियरलाई लेखेको एक चिठ्ठी बाहिर लिक भएको छ। उक्त चिठ्ठीमा चिनियाँ कामदार र पाकिस्तानी सैनिकबीच भएको झडपको कुरा उल्लेख गरिएको छ। चिठ्ठीमा उल्लेख गरिए अनुसार घटना २१ जुलाईको हो।

पाकिस्तानी ६ जना सैनिकको टोली चिनियाँ कामदारहरुको सुरक्षाका लागि खटिएको थियो। २ चिनियाँ नागरिक गरी ४ जना कामदारको सुरक्षाका लागि पाकिस्तानी सेनाको टोलि परिचालित थियो। कामदारको टोलीले सीपीईसीको मुख्यलाईनमा काम गरिरहेका थिए। जसले कराची र पेशावरलाई जोड्छ।

कामदार टोलीले अर्को साइटमा जान खोजेको थियो। एक चिनियाँ कामदारलाई त्यही छोडेर अन्य ३ जना अर्को साइटमा जाने चिनियाँ कामदारपक्षले भनिरहेको थियो। तर, पाकिस्तानी सेना भने चिनियाँ कामदारलाई एक्लै छोड्न मानिरहेको थिएन। त्यहाँ भाषा अनुवादक नहुँदा पाकिस्तानी सैनिक हवलदार असाद उल्लाहले सैन्य क्याम्पमा फोन गरेर अनुमति लिन खोजेका थिए। तर, ती सैनिकले फोन लाउन नपाउँदै चिनियाँ कामदारले उनको टाउको दुई चोटी हाने। त्यसपछि अन्य चिनियाँ कामदार पनि आए र झगडा झनै जटिल बनेको थियो।

कर्नेल इमरान कसिमले लेखेको पत्रमा बाँकी सबै कुरा विस्तृतमा छ। पाकिस्तानी सैन्य हाइकमाण्डले चिनियाँ कामदारले जस्तोसुकै व्यवहार गरेपनि उनीहरुमाथि शारिरिक दुरी कायम राख्न सेनालाई आदेश दिएको छ। यसकारण पाकिस्तानी कामदारले कुटे पनि पाकिस्तानी सेनाले प्रतिकृया दिन पाउँदैन्। उसो त चीनले त्यहाँ खटाएका सबै कामदारहरु उस्को सैन्य क्षेत्रकै रहेका छन्। नभएपनि करिडोरमा खटिएका सबै कामदारहरु आफ्नो सुरक्षाका लागि मार्सल आर्ट र अन्य सुरक्षाका तालिम लिएकाहरु छन् । यसअघि पनि एक चिनियाँ इन्जिनियरले पाकिस्तानी सैनिकमाथि आक्रमण गरेको कुरा बाहिरीएको थियो।

उता साउदी अरेबियाले पाकिस्तानलाई तेल दिन बन्द गरेको छ। सन् २०१८ मा पाकिस्तानले साउदी अरेबियाबाट ६ अर्ब डलर ऋण लिएको थियो। त्यसमध्ये ३ अर्ब नगद ऋण थियो भने बाँकी ३ अर्ब तेलको तिर्नुपर्ने बाँकी पैंसा थियो। ऋण तिर्ने भाका सकिएपछि साउदीले तेल दिन छोडेको हो। पाकिस्तानी प्रधानमन्त्री इमरान खानभने भारतसँग टक्कर लिन र भारतविरुद्ध कश्मिरको मुद्धालाई संयुक्त राष्ट्रसंघमा उचाल्न लागि परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ