arrow

भारतमा ६१ दिनमा ४० हजार कोरोना संक्रमितको मृत्यु, यस्तो छ अवस्था

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
corona-india-public.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ । शनिबार ९५१ जनाको ज्यान गएसंगै ज्यान गुमाउनेको संख्या ५० हजार ८४ पुगेको छ । 

पछिल्लो ६१ दिनमा मात्रै ४० हजारको ज्यान गएको हो । जबकि सुरुको ९७ दिनपछि मात्र १० हजारले ज्यान गुमाएका थिए । 

तीव्र गतिमा पछिल्ला दिनमा भारतको अवस्था भयावह बन्दै गएको हो । 

अहिलेसम्म संक्रमित हुनेको संख्या २५ लाख ८९ हजार २०८ पुगेको छ । शनिबार मात्रै ६३ हजार ९८६ जना संक्रमित थपिएका छन् । 

शनिबार ५३ हजार ११६ जनालाई निको भएको छ । अहिलेसम्म १८ लाख ६० हजार ६७२ जनालाई निको भएको छ । अहिले सक्रिय संक्रमित ६ लाख ७७ हजार ९६० जना रहेका छन् । 

कहाँ कतिको गयो ज्यान ? 
महाराष्ट्रमा १९ हजार ७४९ जनाको ज्यान गएको छ । त्यस्तै तमिल नाडुमा ५ हजार ६४१, आन्ध्र प्रदेशमा २ हजार ५६२, कर्नाटकमा ३ हजार ८३२, दिल्लीमा ४ हजार १८८, उत्तर प्रदेशमा २ हजार ३९३, वेष्ट बंगालमा २ हजार ३७७ जनाको ज्यान गएको छ । 

बिहारमा ५१५ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ