arrow

भारतमा दैनिक हजारको हाराहारीमा संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
corona-india12.jpg

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या  ५० हजार नजिक पुगेको छ । 

सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या ४९ हजार ९८० पुगेको छ । 

पछिल्लो केही हप्तादेखि दैनिक एक हजारको हाराहारीमा भारतमा कोरोनाका कारण मानवीय क्षति हुँदै आएको तथ्याङ्कले देखाएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ९४४ जनाको मृत्यु भएको जनाएको छ । 

भारतमा कोरोनाबाट सोही अवधिमा एकैदिनमा ६३ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्ला केही दिनदेखि दैनिक ६० हजारभन्दा बढीको सङ्ख्यामा भारतमा संक्रमितहरु थपिदै आएका छन् । 

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६३ हजार ४८९ जना संक्रमित भएका हुन् । 

भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या २५ लाख ८९ हजार ६८२ रहेको छ । ती मध्ये छ लाख ७७ हजार ४४४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु १८ लाख ६२ हजार २५८ जना संक्रमणमुक्त भइसकेका छन् । 
 
कुल संक्रमित मध्ये दुई प्रतिशतभन्दा कमको मात्रै कोरोनाका कारण मृत्यु भएको पाइएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ