arrow

दलाई लामाको जासुसी गर्ने चिनियाँ नागरिक चार्ली पेङ् हुण्डी कारोबारको आरोपमा फेरि पक्राउ

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ३२ आइतबार
Charli-Peng.jpg

काठमाडौं। बौद्ध धार्मिक गुरु दलाई लामाको जासुसी गर्नका लागि चीनले भारतमा स्थापित गरेको जासुसी संयन्त्रले लामा गुरुहरुलाई नै प्रयोग गर्ने गरेको खुलेको छ । 

१३ सेप्टेम्वर २०१८ मा जासुसीको मामिलामा पक्राउ परेर २०१९ मा रिहा भएका चिनियाँ नागरिक चार्ली पेंग अर्थात लाउ सांग फेरि पक्राउ परेसँगै लामा गुरुहरुलाई दलाई लामाको जासुसीमा प्रयोग गर्ने गरेको खुलासा भएको हो । 

लाउ सांगलाई भारतीय आयकर विभागले गत मंगलवार राती पक्राउ गरेको भारतीय मिडियाहरुले जनाएका छन् । लामा गुरुहरुलाई प्रयोग गरेर दलाई लामाको जासुसी गर्न तथा भारतमा जासुसीको संयन्त्र विस्तार गर्न लाउ सांगले हुण्डी मार्फत करोडौं रकम खर्चिएको पनि आयकर विभागलाई उदृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन् ।

तिब्बतबाट नेपालको बाटो हुँदै २०१४ मा भारत पुगेका लाउ सांगले भारतमा दुईवटा आधारकार्ड लिएका थिए भने मणिपुरबाट भारतीय पासपोर्ट समेत लिएका थिए ।

दिल्ली प्रहरीले जासुसीको मामिलामा पक्राउ परेपनि अदालतको आदेशबाट धरौटीमा छुटेका लाउ सांगले नयाँ दिल्लीमा तिव्वती शरणार्थीहरु रहँदै आएका मजनुका टीलामा रहेका लामा गुरुहरुलाई दलाई लामाको जासुसीमा प्रयोग गर्ने गरेको अनुसन्धान अधिकारीहरुले जनाएका छन् ।

चार्ली पेंगका नामबाट पासपोर्ट बनाएका लाउ सांगले लामा गुरुहरुलाई २ देखि ३ लाख रुपैयाँ जासुसीका लागि दिने गरेको पनि आयकर विभागको अनुसन्धानमा खुलेको हो। उनले अहिलेसम्म १ हजार करोड रकम हवालाको माध्यमबाट भारत भित्र्याउने र चीन पठाउने गरेको बताइएको छ ।

लाउ साङले हुण्डी मार्फत भारत भित्र्याएको ३ सय करोड विभिन्न ४० वटा खाताबाट जासुसीको काममा प्रयोग गरेको पनि आयकर विभागले जनाएको छ । लाउ साङले हङकङमा पनि अमेरीकी डलरमा हुण्डीको कारोवार गरेको खुलासा भारतको आयकर विभागले गरेको छ। 

विभागले अहिले उनको हुण्डी कारोबारलाई अनुसन्धान गरिरहँदा जासुसीको जालोको पनि अन्य निकायहरुले अनुसन्धान गरिरहेको भारतीय मिडियाले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ