arrow

विश्वमा कति पुगे मृतक तथा संक्रमित ?

logo
एएफपी,
प्रकाशित २०७७ भदौ १ सोमबार
corona-world.jpg

जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।  सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट सात लाख ७३ हजार ११४ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । 

सङक्रमित मध्ये हालसम्म एक करोड ४५ लाख ६५ हजार १७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ९० हजार ६४२ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये ६४ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६६ हजार ६३२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । 

 यस प्रकोपका कारण अमेरिकामा १ लाख ७३ हजार १२८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ५२ लाख ८४ हजार १८८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७६ हजार १२० जनाको मृत्यु भएको छ । 

उत्तर अमेरिकामा ६५ लाख ६५ हजार ७७४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ५३५ जनाको मृत्यु भएको छ । युरोपमा ३१ लाख ६७ हजार १८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार  १४७ को मृत्यु भएको छ । 

एसिया ५६ लाख ६२ हजार १९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख २० हजार १७२ जनाको मृत्यु भएको छ ।अफ्रिकामा ११ लाख २३ हजार  १४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार ६७८ जनाको मृत्यु भएको छ ।  

ओसियानामा २५ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४४७ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ