arrow

को थिए रोबर्ट ट्रम्प ?

भावुक हुँदै ट्रम्पले भने, 'रोबर्ट मेरो भाइ मात्रै हैन मेरो मिल्ने साथी पनि थिए'

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १ सोमबार
Donald-Trump-brother.jpg

काठमाडौं। डोनाल्ड ट्रम्पका कान्छा भाइ रोबर्ट ट्रम्पको १५ अगस्त अर्थात आइतबार न्युयोर्कको एक अस्पतालमा निधन भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार आफ्ना भाइ रोबर्टलाई अस्पतालमा भेटेका थिए। अस्पतालले उनको अवस्था निकै गम्भिर रहेको भनेपछि ट्रम्प उनलाई भेट्न पुगेका थिए। रोबर्ट म्यानहट्टनको एक अस्पतालमा उपचाररत थिए। उनलाई धेरै दिनदेखि आईसीयुमा राखिएको थियो।

को हुन् रोबर्ट ट्रम्प ?
रोबर्ट ट्रम्पको जन्म सन् १९४८ मा डोनाल्ड ट्रम्प जन्मेको २ वर्षपछि भएको थियो। फ्रेड ट्रम्प अर्थात रोबर्ट ट्रम्पका पीता न्युर्योकका रियल स्टेट बिजनेसका प्रमुख विकासकर्ता थिए। फ्रेडका ५ सन्तानमध्ये २ छोरी र तीन छोरा हुन्। ट्रम्प ३ भाइमध्ये एकको मृत्यु यसअघि नै १९८१ मा ४३ वर्षको उमेरमा भएको थियो। डोनाल्ड ट्रम्प जसरी मिडिया पब्लिसिटीबाट निकै नै टाढाँ रहन चाहने रोबर्ट निकै नै दानी स्वोभावका थिए।

वाल स्ट्रेटको एक कर्पाेरेटमा काम गरेपछि रोबर्टले पारिवारिक बिजनेस सम्हाल्न सुरु गरेका थिए । ट्रम्प अर्गानाइजेसनका कार्यकारी प्रमखु भएर रोबर्टले रियल स्टेट होल्डिंगको पूरै कार्यभार सम्हालेका थिए । बिजनेसको मामिला र जिम्मेवारीका कुरामा रोबर्ट ट्रम्प परिवारकै मुख्य व्यक्ति रहेका थिए । सन् २००७ मा करिब २५ वर्षको वैवाहिक सम्बन्धपछि रोबर्टले ब्लेन ट्रम्पसँग डिभोर्स गरेका थिए । डिभोर्सभएपछि उनले हालै आफ्नै पूर्व सेक्रेटरीसँग विवाह गरेका थिए । पूर्वसेक्रेटरी अन्ना मेरी प्यालानसँग प्रेम सम्बन्ध सुरुभएकै कारण उनले डिभार्स गरेको र त्यसपछि उनी मिडियामा कम देखिन थालेका थिए । यसरी ६० वर्षको उमेरदेखि रोबर्ट न्युयोर्कको हुस्डन भ्यालीको मिलब्रुकमा बस्नेगरेका थिए।

ट्रम्प र रोबर्टबीचको सम्बन्ध निकै नै घनिष्ठ रहेको बताइन्छ । ट्रम्प आफैले समेत रोबर्टले आफुलाई हरेक अवस्थामा साथ दिएको र आफु निकै खराब व्यक्तित्व रहेका बेलासमेत साथ दिएको बताएका छन् । उसो त राम्रै सम्बन्धका कारण ट्रम्प परिवारले तेस्रो पुस्तासम्म आइपुग्दा ठूलो साम्राज्य खडा गरेका छन् । यति मात्रै नभइ रोबर्टले ट्रम्पको राष्ट्रपतिय निर्वाचनमा समेत साथ र सहयोग गरेका थिए । एक पत्रिका पेजसिक्सले जनाए अनुसार उनले त्यतिबेला आफुले ट्रम्पलाई १ हजार प्रति सपोर्ट गर्ने भनेका थिए ।

ट्रम्पले आफ्नो जीवनको सबैभन्दा नजिकको र आफुले हनी भनेर  बोलाउने गरेको एकमात्र मान्छे रोबर्ट रहेको समेत बताएका छन् । ट्रम्पले सन् १९८७ को  आफ्नो पुस्तक द आर्ट अफ डिलमा, भाइभन्न योग्य नरहेको अवस्थामा समेत आफुलाई रोबर्टले स्विकार गरेको लेखेका छन्। बुस्टन विश्वविद्यालयबाट स्नातक गरेका रोबर्टले पछि न्युयोर्ककै धनी ट्रम्प परिवारको बीजनेस सम्हाल्न सुरु गरेका थिए । कुनै बेला म्यानहट्टनमा दैनिकरुपमा चर्चामा आइरहने रोबर्टले पछिल्ला समय पब्लिसिटीबाट दुरी बनाएका थिए।

दोस्रो श्रीमतीसँग बिहे गर्नुअघि पनि उनी म्यानहट्टनकै पूर्वीक्षेत्रमा समाजसेवामा निपूर्ण रहेका थिए । रोबर्टले उनकी भान्जी मेरी एल ट्रम्पदु्वारा लिखित पुस्तक ‘कसरी मेरो परिवारले एक सम्राज्य खडा गर्याे’को प्रकासन रोक्न डचेच सुप्रिम कोटमा मुद्दा हालेका थिए । तर, उक्त मुद्दा असफल भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ