arrow

भारतमा केमिकल फ्याक्ट्रीमा विष्फोट, १० किलोमिटरसम्म सुनियो आवाज

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
chemical-bisfot.jpg

काठमाडौं । भारतको मुम्बई नजिक पालघरमा सोमबार बेलुकी भएको एक ठूलो विष्फोटमा कम्तीमा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । 

तारापुर ओद्योगिक क्षेत्रको एक केमिकल फ्याक्ट्रीमा  विष्फोट भएको हो । उक्त विष्फोटको आवाज १० किलोमिटर टाढासम्म सुनिएको थियो । 

केही रिपोर्टका अनुसार यो विष्फोटपछि केही किलोमिटर क्षेत्रमा ग्यास चुहावट भएको थियो । केमिकल रियाक्सनका कारण औद्योगिक क्षेत्रको के के टी जोनमा विष्फोट भएको हो । अनुसन्धान भइरहेको बताइएको छ । 

दुई जनाको उद्दार भएको छ । गत जनवरीमा पालघर जिल्लाको कोलवाडे गाउँमा निर्माणाधीन फ्याक्ट्रीमा विष्फोट हुँदा ७ जनाको ज्यान गएको थियो भने ४ जना घाइते भएका थिए ।

त्यो विफोटको आवाज १५ किलोमिटरसम्म सुनिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ