arrow

‘दाउराको विकल्प भए सरकारालाई दिए हुन्छ’

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
128266173.jpeg
काठमाडौ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अहिलेको संकट टार्न तत्कालको लागि सरकारसँग दाउराको विकल्प नभएको भन्दै केहीसँग उपाय भए दिन आब्हान गरेका छन । 

नेपाल चेतना केन्द्र अर्घाखाँचीले आयोजना गरेको ग्रामिण विकास पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले भने,‘ अहिलेलाई दाउराको विकल्प छैन । कोहीसँग विकल्प भए सरकार कार्यान्वयन गर्न तयार छ । मलाई लाग्छ विकल्प पनि कसैसँग छैन ।’

उपप्रधानमन्त्री रायमाझीले विगतमा पटक पटक लाग्दै आएको नाकाबन्दी बाट नचेत्दा अहिलेको अवस्था आएको दावी गर्दै भने,‘पहिला पनि पटक पटक नाकाबन्दी लागेकै हो । हामीले त्यसबेला आत्मनिर्भर अर्थतन्त्र निर्माण र ब्यापार विविधिकरणको कुरा गर्यौ तर नाकाबन्दी खुलेपछि विर्सिदा अहिलेको अवस्था आएको हो ।’

संविधान कार्यान्वयन गर्न र  मधेस केन्द्रीत दललाई मुल धारमा ल्याउन सबैको सहकार्य आवश्यक रहेको भन्दै आन्दोलनलाई अधिकतम रुपमा संबोधन गर्नु पर्ने बताए । यद्यपि उनले आन्दोलनको माग पूर्ण रुपमा भने संबोधन सम्भव नरहेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री रायमाझीले भने,‘ नाकाबन्दी, तराई आन्दोलन र भुकम्पबाट भएको क्षतिको पुर्ननिर्माणको लागि दलहरुले सहकार्य गर्नै पर्दथ्यो । काग्रेससँगको सहकार्यमा कहाँ चुक्यौ सबैले समिक्षा गर्नु पर्छ । मिलेर बनाएको संविधान मिलेरै कार्यान्वयन गर्नु पर्छ । काग्रेस प्रतिपक्षमा हुनु गलत भएको छ । ’

नेपाली काग्रेसका नेता बालकृष्ण खाँणले मुलुकको निकास एक अर्काको अस्तित्व स्विकार्ने चरित्र हुनु पर्ने भन्दै दशगजामा आन्दोलन गरेर सिंगो देशप्रतिको जिम्मेवारी पुरा हुन नसकिने स्पष्ट पारे ।

उनले मुलुकको विकासको लागि तराई, पहाड र हिमाल मिलेर जानु पर्ने भन्दै तराईले पहाड र पहाडले तराईको सम्मान गर्न सक्नु पर्नेमा जोड दिए ।  खाँणले अहिलेको संविधान गतिशिल र सबैकुरा परिवर्तन गर्न मिल्ने खाल्को भएको भन्दै निकासको नाममा राष्ट्रियता, सार्वभौमिकता र गौरब पछि पर्ने गरी सम्झौता हुन नसक्ने बताए । 

अन्तर्राष्ट्रिय मित्रहरुले अनावश्यक दवाव दिनु ठिक नभएको भन्दै उले नेपालमा नाकाबन्दी विल्कुलै अनुचित रहेको तर्क गरे । खाँणले राष्ट्रियताको सवालमा एक जुट हुनै पर्ने भन्दै मुलुक टुक्राउन खोज्ने कुरा सह्य नहुने चेतावनी दिए । 

उनले भारत र बेलायतको संयूक्त विज्ञप्ति गंभिर भएको भन्दै नेपालको कमजोर कुटनीटि र राजनीतिकको कारण यसमा पहल गर्न नसकेको दावी गरे । कार्यक्रममा पत्रकारितको क्षेत्र ग्रामिण विकास र उत्थानमा महत्पूर्ण भूमिका निर्वाह गरेको भन्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीलाई दोसल्ला र प्रमाणपत्रसहित अभिनन्दन गरिएको थियो भने ग्रामिण क्षेत्रमा स्थानीय स्रोत परिचालन गरी ग्रामिण विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै बाल सेवा समाज खोटाङका अध्यक्ष दिपनारायण रिजाललाई नगद २५ हजार रुपैयासहित पुरस्किृत गरिएको थियो । 

केन्द्रकी अध्यक्ष निर्मला क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा सम्मानितहरुको तर्फबाट धारणा राख्दै क्लबका अध्यक्ष ऋषि धमलाले राष्ट्रियता, लोकतन्त्र, विधीको शासन, प्रेस स्वतन्त्रतामा कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धता ब्यक्त गर्दै मुलुकले संकट समाधान गर्न सक्ने नेतृत्व नपाएकोमा दुख ब्यक्त गरे । 

उनले अहिले भाषण गर्ने भन्दा पनि निकास खोज्ने कार्य महत्वपूर्ण हुने भन्दै राष्ट्रियतको लागि अभाव सह्न गर्न सक्ने नेपाली जनताप्रति सम्मान ब्यक्त गरे ।  कार्यक्रममा सम्मानित दिपनारायण रिजाल, आयोजक सस्थाकी अध्यक्ष निर्मला क्षेत्री, गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसी, सस्थाकि सचिव शान्ता रायमाझी बस्नेत, हेफर ईन्टरनेशनल नेपालका निर्देशक डा. तिर्थराज रेग्मी लगायतकाले ग्रामिण विकासको अवस्था र त्यसमा गर्नु पर्ने काम लगायतका विषयमा धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ