arrow

केहिदिन अघि कोरोनामुक्त भएका अमित शाह फेरी अस्पताल भर्ना

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
amit-shah1.jpg

नयाँ दिल्ली । भारत सरकारका संघीय गृहमन्त्री अमित शाहको स्वास्थ्यमा सामान्य समस्या आएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना भएका छन्। 

राजधानी नयाँ दिल्लीस्थित अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) मा उन भर्ना भएको एम्स अस्पतालले मङ्गलबार पुष्टि गरेको छ । शाहलाई अस्पतालको कार्डियोथोरासिक र न्युरोसेन्स सेन्टर (सीएनसी) को भीआईपी वार्डमा भर्ना गरिएको छ ।

अस्पतालद्वारा दिइएको जानकारीमा भनिएको छ, “गृहमन्त्री अमित शाहले आफूलाई विगत तीन चार दिनदेखि थकान र शरीर दुखाइको अनुभव भएपछि अस्पताल भर्ना हुनुभएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेकोे र अस्पतालबाट नै आफ्नो जिम्मेवारी बहन गरिरहनुभएको छ ।” 

मन्त्री शाहलाई १४ अगस्टमा दिल्लीको गुरुग्रामस्थित मेदान्त अस्पतालबाट डिस्चार्ज गरिएको थियो । डिस्चार्जपछि उनले एक ट्वीटर सन्देश लेख्दै उपचारमा सम्लग्न चिकित्सकलाई धन्यवाद दिएका थिए । “मेरो कोभिड–१९ परीक्षण रिपोर्टले सङ्क्रमणमुक्त भएको पुष्टि गरेको छ । म भगवान्लाई धन्यवाद दिन्छु साथै मेरो राम्रो स्वास्थ्यको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । डाक्टरको सल्लाहमा म केही दिन घरमा नै एक्लै बस्नेछु ।' 

अगस्ट २ मा कोभिड–१९ संमण पुष्टि भएपछि गृहमन्त्री शाहले ट्विटरमार्फत् आफ्नो स्थिति घोषणा गर्दै पछिल्ला दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई पनि एक्लो रहन र परीक्षण गर्न आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ