arrow

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास, प्योङ्याङले बोलायो बैठक

logo
सोल,
प्रकाशित २०७७ भदौ २ मंगलबार
kim6.jpg

दक्षिण कोरिया ।संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले आफ्नो वार्षिक ग्रीष्मकालीन सैन्य अभ्यासहरू सुरु गरेपछि प्योङयाङले त्यहाँको सत्ताधारी दलको उच्च स्तरीय बैठक बुधबारका लागि बोलाइएको छ । 

सत्तारुढ मजदुर पार्टीको बुधवारको केन्द्रीय समितिको पूर्ण बैठकमा ‘कोरियाली क्रान्तिलाई विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने’ र पार्टीको ‘युद्ध कुशलता’ लाई बढाउने कुराको निर्धारण गर्ने प्योङयाङको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले मंगलबारको समाचारमा उल्लेख गरेको छ ।

 
यस वर्ष कोरोनाभाइरस महामारीको कारण बैठक तथा सभा सम्मेलनलाई कम गरिएको भएपनि सैन्य अभ्यासको थालनीसँगै पार्टीको महत्वपूर्ण बैठक बोलाइएको हो ।

उत्तर कोरियाले बैठकका अन्य बिषयहरूलाई सार्वजनिक गरेको छैन । 

उत्तर कोरियामा केही समय पहिले भएको अविरल वर्षापछि बाढी, डुवान तथा पहिरोले व्यापक क्षति पुर्‍याएको थियो । 

त्यस्तै उत्तर कोरियामा संयुक्त राष्ट्रसंघको नाकावन्दी र कोभिड–१९ सङ्क्रमणका कारण उत्तर कोरियामा आर्थिक सङ्कट देखिएको प्योङयाङबारे जानकार कोरियाली प्राध्यापक तथा विश्लेषकहरूले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ