arrow

दोस्रो धेरै संक्रमित रहेको देशमा मृतकको संख्यामा आयो कमी

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
brazil-corona.jpg

ब्रासिलिया । ब्राजिलमा कोभिड–१९ संक्रमितको संख्या ३३ लाख ५९ हजार ५७० पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।

 ब्राजिलमा विगत महिनाहरूको तुलनामा दैनिक कोभिड–१९ संक्रमित तथा मृतकको संख्यामा कमी आएको भएपनि अझै नियन्त्रणमा आउन सकेको छैन ।

ब्राजिलमा कोभिड–१९ संक्रमितको संख्या आइतबार २३ हजार रहेकोमा सोमबार १९ हजारमा झरेको थियो । केही हप्ता अगाडिसम्म संक्रमितको संख्या भने सोमबारको तुलनामा करिब तीन गुणाले बढी रहेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ६२० थपिएको र अहिलेसम्म कूल एक लाख आठ हजार ५३६ पुगेको छ भने अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या २४ लाख ७० हजार रहेको छ । ब्राजिलमा अझै नौ लाख मानिस संक्रमित रहेका छन् ।  
कोरोनाभाइरसका कारण विश्वभर दुई करोड १० लाख ५० हजारभन्दा माथि रहेको छ भने सात लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

विश्वमा अमेरिका पछि बढी संक्रमित रहेको देश ब्राजिल हो भने क्रमशः भारत, रूस तथा दक्षिण अफ्रिका संक्रमणका हिसाबले बढी प्रभावित मुलुक हुन् । यद्यपि मृत्यु संख्या भने रूस र दक्षिण अफ्रिकामा भन्दा भारतमा बढी रहेको छ । मृत्यु सङख्याका हिसाबले बेलायत, इटली, फ्रान्स र स्पेन बढी प्रभावित मानिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ