arrow

भारतमा एकैदिन ६५ हजार बढी कोरोना संक्रमित, निको हुने ६० हजार बढी 

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
corona-india-test.jpg

काठमाडौं । भारतमा एकै दिन ६५ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलबार ६५ हजार २४ जना थपिएका हुन् । 

योसंगै भारतमा संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको छ । निको हुने मंगलबार ६० हजार ४५५ जना रहे । अहिलेसम्म २० लाख ३६ हजार ७०३ जनालाई निको भएको छ । 

मंगलबार ६ दिनपछि हजारभन्दा बढीको ज्यान गएको छ । मंगलबार १ हजार ९८ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ५३ हजार १४ पुगेको छ । 

मंगलबार सबैभन्दा बढी संक्रमित भारतमै थपिएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ