arrow

सेनाको कब्जामा पुगे मालीका राष्ट्रपति र प्रधानमन्त्री

उच्च कमान्डरलाई कब्जामा लिएर कनिष्ठ सैनिकले गरे हर्कत, सैनिक ‘कू’ नभएको विश्लेषण

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
mali-sainik-ku.jpg


काठमाडौं । अफ्रिकी मुलुक मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले गिरफ्तार गरेको छ । सेनाले राष्ट्रपति इब्रहिम बुबाकार केयटा र प्रधानमन्त्री बोउबोउ सिसेलाई गिरफ्तार गरेको हो । 

बीबीसीले लेखे अनुसार ‘भाइचारा संवाद’ को निम्ति अपिल गरेपनि उनीहरु पक्राउ परेका हुन् । उनीहरूलाई मालीको राजधानी बमाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कटीस्थित एउटा मुख्य सैन्य शिविरमा राखिएको बताइएको छ । 

त्यहाँ मङ्गलवार बिहान गोली चलेको आवाज सुनिएको थियो । कनिष्ठ सैनिक अधिकृतले त्यहाँका उच्च कमान्डरलाई कब्जामा लिएर छाउनी नियन्त्रणमा लिएपछि विद्रोही सैनिकले राजधानीमा मार्च गरेका छन् ।

राजधानीमा राष्ट्रपतिविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले खुसी प्रकट गर्दै सैनिक कदमको स्वागत गरेका थिए । त्यसपछि दिउँसो राष्ट्रपति केयटाको निवासमा सैनिकले धावा बोलेर उनी र त्यहीँ रहेका प्रधानमन्त्रीलाई गिरफ्तार गरेका हुन् ।

गिरफ्तार गरिएका अन्यमा राष्ट्रपतिका छोरा, माथिल्लो सदनका सभामुख, विदेशमन्त्री र अर्थमन्त्री रहेको बताइएको छ।

सो घटनाको नेतृत्व कटी सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमाराले गरेको ठानिएको छ । 

कति सैनिक विद्रोहमा सहभागी छन् र उनीहरूको माग के हो भन्ने स्पष्ट भएको छैन । रकम भुक्तानी विवादले उक्त छाउनीमा विद्रोहको अवस्था सिर्जना गरेको उल्लेख गरिएको छ ।

बीबीसीले उक्त घटना सैनिक कु नभएको देखिएको अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ । तर त्यो आठ वर्षअघिको घटनाको जस्तै परिदृत्य देखिएको छ ।

घटनापछि र्‍याली प्रदर्शन र लुटपाट पनि भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ