arrow

भारतमा थप ६४ हजारबढी संक्रमित

logo
एएनआई,
प्रकाशित २०७७ भदौ ३ बुधबार
corona-test-india1.jpg

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्यामा ६४ हजारभन्दा बढी थपिएका छन् ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५३१ जना संक्रमित थपिएका छन् । 

सोही अवधिमा भारतमा एक हजार ९२ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या २७ लाख ६७ हजार २७४ पुगेको मन्त्रालयको तथ्यांक छ ।  

कुल संक्रमितमध्ये भारतमा अहिले पनि छ लाख ७६ हजार ५१४ जना संक्रमित अवस्थामै रहेका छन् । अरु २० लाख ३७ हजार ८७१ जना भने संक्रमणमुक्त भइसकेका छन् । 

भारतमा कोरोनाभाइरसकै कारण अहिलेसम्म ५२ हजार ८८९ जनाको मृत्यु भएको छ । मन्त्रालयले अहिलेसम्म देशभरी तीन करोड १७ लाख ४२ हजार ७८२ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ